आजियाटा एनसेलको स्वामित्वबाट बाहिरिंदै सम्पत्ति बिक्रीमा
आर्थिक परिवेश१३ मंसिर,काठमाडौं । पछिल्लो समय एनसेलको स्वामित्व सम्हालदै आएको मलेसियाको आजियाटा बर्हार्डले कम्पनीकाे स्वामित्व बाट बाहिरिने निर्णय गरेको छ । नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै आजियाटाको हालैको बोर्ड बैठकले बाहिरिने निर्णय गरेको हो । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ । एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले यो आर्थिक वर्षको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका ग्रूप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले गरेको प्रस्तुतिमा…
सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साेमवार नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गर्नुभयो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । “सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ । वन ऐन, २०२९ ले विकास नै रोकिने अवस्था छ । मान्छे मरे पनि…
एसियाली विकास बैङ्कले १३ अर्ब ३३ करोड बराबर सहुलियतपूर्ण ऋण दिने
आर्थिक परिवेश०८मंसिर,काठमाडौँ । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबि) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैङ्कको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । “सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनः संरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ”, । सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरूमार्फत सार्वजनिक वित्त…
सर्वाधिक कर तिर्ने १६ कम्पनी र व्यक्तिलाई सम्मान गर्दै कर सप्ताह सम्पन्न
आर्थिक परिवेश७ मंसिर, काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९÷८०मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्रिलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रमका बीच सम्मान गर्नु भएको छ । आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जिम्मेवार निकायको उपस्थितिमा सर्वपक्षीय…
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्न परियोजना प्रतिवेदन (डिपिआर) तयार
आर्थिक परिवेश०६ मंंसिर, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह निर्माणका लागि डिपिआर तयार गरेर पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा बन्दरगाह निमार्णका लागि पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्णलगानीमा बन्ने उहाँले बताउनुभयो । “सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको हो ।” डिपिआरमा सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म निर्माण सक्ने उल्लेख गरिएको छ । बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर…