कार्तिकभित्र ठेक्का लगाइसक्न सचिवहरुलाई अर्थमन्त्री डा. महतको निर्देशन
आर्थिक परिवेश

१० असार, काठमाडौं ।  चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा तिब्रता दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनु भएको छ। देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किनुभएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्नुभएको छ । छलफलमा मन्त्री डा. महतले डिपिआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रकृयामा जाने गरी काम गर्न मन्त्री डा. महतले सचिवलाई निर्देशन दिनुभयो । उहाँले डिपिआरको मात्र बजेट माग्ने अथवा प्राथमिकताको आयोजना हो भने डिपिआर गरेर कार्तिकसम्म ठेक्का लगाउन सकिन्छ भने मात्र आयोजना अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले…

मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न सक्दैन : निजी क्षेत्र
आर्थिक परिवेश

८साउन, काठमाडाैं ।  निजी क्षेत्रका तीन प्रमुख संस्थाहरूले नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरुले उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा भए पनि त्यस अनुरुप नभएको विज्ञप्तिमा जनाएका छन् । “मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले लिएको नीतिले…

भैरहवा भन्सारकाे अर्थमन्त्रीबाट अबलाेकन, सर्मपित भएर काम गर्न निर्देशन
आर्थिक परिवेश

८ साउन,भैरहवा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले राजस्व कम उठेको छ, यसका धेरै कारण छन् । केही समयअघि आयात रोकियो, त्यो कारणले पनि भन्सार उठ्ती कम भयो । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठ्यो । सँगसँगै नाका र नाकाबाहिर दुरुपयोग गर्ने तथा अन्य उपाय उपयोग गरेर सामान भित्र्याउने प्रवृत्ति विद्यमान छन् ।’ सुरक्षा निकायसहितको समन्वय समिति पनि छ । कुनै कारणबाट राजश्व उठाउने क्रममा हामीले दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट प्रवेशलाई सरकारले गम्भीरताका…

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रालयबाट ८१ बुँदे मार्गदर्शन जारी
आर्थिक परिवेश

४ साउन, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम कार्यान्वयन…

आर्थिक वर्ष २०८०/८१ शुरु बजेट र करका दरहरुकाे कार्यान्वयन
आर्थिक परिवेश

१ साउन, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८०आइतवार देखि सम्पन्न भै  साेमवारबाट आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेकाे बजेट  र त्यसका विभिन्न कार्यकम र  करसँग सम्बन्धी विभिन्न व्यवस्थाहरुकाे कार्यान्वयन शुरु भएकाे छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार  साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो । सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले…