
नेपालले आठ गुणा बढि निर्यात गर्ने सम्भावनालाई गुमाइरहेको छ, विश्व बैकका अर्थ शास्त्री
आर्थिक परिवेशकाठमाण्डौ । नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले औल्याएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देशको रुपमा नेपाल रहेको देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाण्डौमा आयोजना गरेको छलफल कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अभैm पनि त्यसतो सम्भावना रहेको प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालसंग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता छ कार्यपत्र प्रततु गर्दे उहाँले भन्नुभयो । यसलाई गत आर्थिक बर्षको निर्यातसंग तुलना गर्ने हो भने आठ गुणा बढि देखिएको छ । नेपालको व्यापार घाटा निरन्तर बढिरहेका…

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचमा ड्रोनको प्रयोग, मापन कार्य सम्पन्न
आर्थिक परिवेशमोतीपुर, रुपन्देही । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँचको काम पूरा भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुरऔद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईले जानकारी दिनुभयो । ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिश गर्ने उहाँले बताउनुभयो । जग्गा नापजाँच शुरु गरेको ११ दिनमा करीब ३५ हजार तस्वीरहरु लिइएको र ती तस्वीरका आधारमा मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने जग्गा नापजाँचमा खटिएका प्राविधिक सागर गिरीले जानकारी दिनुभयो । उहाँले तथ्यांक…

निजी क्षेत्रको चासो सम्बोधन गर्न अर्थ मन्त्रालयद्धारा समिति गठन
आर्थिक परिवेशकाठमाडौं । अर्थ मन्त्रालयले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट उठाइएका विभिन्न चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेको छ । आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ , घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राख्नुभयो । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको…

बढ्दो ब्याजदर नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सद्धारा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स ले बढ्दो ब्याजदर नियन्त्रण गरि व्यवसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय राष्ट्रबैंक समक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंक लाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो । चेम्बरद्धारा जारी बिज्ञप्तिमा बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम…

नेपालमा विदेशी वस्तु आयातमा उच्च दरले वृद्धि
आर्थिक परिवेशकाठमाण्डौ । भदौ महिनामा नेपालमा विदेशी वस्तु आयातमा उच्च दरले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनको तुलनामा भदौमा वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको छ । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा भदौमा आयात रकम २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । यस अनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्बले बढेको हो । सरकारले विलासिताका वस्तुको आयात माथिको प्रतिबन्ध कायमै राखेको छ । तर, चाडवाड लक्षित सामग्रीको आयातका…