विदेशी वस्तु ल्याएर प्रशोधन गरेर होइन स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुस – प्रधानमन्त्री 
आर्थिक परिवेश

  काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नु भन्दा देशकै कृषि वन तथा खानीमा आधारित उद्योग धन्दाहरुको विकास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । नेपाल उद्योग परिसंघको १९औ बार्षिक साधारणसभाको आइतवार काठमाण्डौमा उदघाटन गर्दे प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आय गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक कृयाकलापहररु बढाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले तत्काल लाभ दिने भन्दा पनि दीर्घकालीन लाभ हुने र रोजगारी श्रृजना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले नीजि क्षेत्रलाई लगानीको उचित वातावरण निर्माण गर्न सरकारले नीतिगत…

२५ दिनसम्म पनि स्थानीय तहले बजेट पेश गरेनन
आर्थिक परिवेश

  काठमाण्डौ । नयाँ आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने लामो समय वित्दा पनि हालसम्म २०७ स्थानीय तहहरुले बजेट पेश गरेका छैनन् । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् भने ३० स्थानीय तहले…

गत बर्षमा पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र
आर्थिक परिवेश

काठमाण्डौ । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । त्यस आर्थिक बर्षका लागि सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो । सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ…

सवैधानिक निकाय र आयोगमा न्यून बेरुजुः महालेखा परीक्षकको कार्यालय
आर्थिक परिवेश

काठमाडौं । संघीय सरकारका विभिन्न मन्त्रालयहरुको तुलनामा आर्थिक बर्ष २०७७/०७८ मा राष्ट्रपतिको कार्यालय लगायतका संवैधानिक निकायहरुमा बेरुजु न्युन रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, महालेखा परीक्षकको कार्यालय, न्याय परिषदको कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय वित्त आयोग लगायतका अन्य आयोगहरुमा उल्लेख्य बेरुजु नरहेको पाइएको उल्लेख गरिएको छ । त्यसको विपरीत नेपाल सरकारका विभिन्न १० मन्त्रालयहरुमा भने १ प्रतिशतदेखि ४० प्रतिशतसम्म वेरुजु रहेको पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । त्यसै गरी उच्च वेरुजु रहने संघीय मन्त्रालयहरुमा अर्थ मन्त्रालयको सबै भन्दा बढी बेरुजु रहेको छ । अर्थ मन्त्रालयकोे वेरुजु ४०. २८…

आजबाट नयाँ आर्थिक वर्ष २०७९/०८० शुरु
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक बर्षका लागि नेपाल सरकारको बार्षिक आय तथा व्ययको विवरण बजेट २०७९।०८० आजबाट कार्यान्वयनमा आएको छ । चालु आर्थिक बर्षका लागि संसदको बैठकले पास गरेको संघीय बजेट यही साउन १ गते आइतवारबाट कार्यान्वयनमा आएको हो । निवर्तमान अर्थमन्त्री जर्नादन शर्माले जेठ १५ गते संसदको संयुक्त बैठकमा पेश गर्नु भएको बजेटमा संसदको प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा विभिन्न चरणमा छलफल भएपछि संसदका दुबै सदनबाट पारित गरेको थियो । विभिन्न चरणमा छलफल भएर बजेटको कार्यान्वयन शुरु भएसंगै बजेटले अघि सारेका करका दरहरुको हेरफेर तथा अन्य आर्थिक व्यवस्थाहरु सबै बजेटसंगै कार्यान्वयनमा जाने भएका छन् । तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले जेठ…