याे बर्ष नेपालीको प्रतिव्यक्ति आय बढेन एक हजार तीन सय ९९ अमेरिकी डलर यथावत रहने
आर्थिक परिवेश१९ वैशाख,काठमाडाैं । आर्थिक वर्ष २०७९/०८० मा नेपालकाे कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज काठमाडाैमा आयोजित पत्रकार सम्मेलनमा त्यसताे प्रक्षेपण सार्वजनिक गरिएको हो । नेपालीको प्रतिव्यक्ति आय गत आर्थिक वर्षको जस्तै चालु आवमा पनि एक लाख ८२ हजार छ सय ८३ अर्थात् एक हजार तीन सय ९९ अमेरिकी डलर र विप्रेषण रु १२ खर्ब ३१ अर्ब ७३ करोड हुने तथ्याङ्क कार्यालयले जनाएको छ । चालु मूल्यमा कूल स्थिर…
चीनसँगको तातोपानी नाका ८ वर्षपछि सञ्चालनमा चीन तर्फ निकासी शुरू
आर्थिक परिवेश१८ बैशाख, काठमाडौं। सिन्धुपाल्चोकमा रहेकाे नेपाल र चीन बीचकाे तातोपानी नाका ८ वर्षपछि साेमवारबाट सञ्चालनमा आएको छ। नाकाबाट निकासी सुरु भएको हो। नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले म्याट्रेस र बेत बाँसका कुर्सी निकासी भएको जानकारी दिनु भयाे । उहाँका अनुसार निकासी भएको सामानको मूल्य २९ लाख रुपैयाँ बराबरको छ । मंगलबार पनि नेपाली हस्तकलाका सामान निकासीको तयारी रहेको उनले बताए। भूकम्पपछि यो नाका पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन। भूकम्पपछि पहिरो र कोभिडका कारण नाका संचालनमा आउन नसकेको हो। यो नाकाबाट आयात भने भइरहेको थियो। यो नाकाबाट…
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक : राष्ट्रपति
आर्थिक परिवेश१८ वैशाख,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने वहाँले विश्वास व्यक्त गर्नुभएको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको र मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने…