आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट पेश
आर्थिक परिवेश१५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक आय–व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको गरेको छ । संघीय संसद्को शुक्रवारकाे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालु तर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने र मूल्यवृद्धि दर ६ प्रतिशतमा सीमित रहने विश्वास लिएको छ…
सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित भएर रूपान्तरणकारी बजेट ल्याउने तयारी
आर्थिक परिवेश१५ जेठ, काठमाडौँ । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ ।…
अर्थमन्त्री डा स्वर्णीम वाग्लले आज संसदमा बजेट पेश गर्ने
आर्थिक परिवेश१५ जेठ, काठमाडौं । सरकारले अाज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको लागि २०८३/०८४ का लागि बजे ल्याउने भएकाे छ । जेठ १५ गते संघीय सरकारले संसदकाे संयुक्त बैठकमा संघीय बजेट पेश गर्नु पर्ने व्यवस्था बमाेजिम अर्थमन्त्री डा स्वर्णीम वाग्लले बजेट पेश गर्न लाग्नु भएकाे हाे । यस अघि अर्थमन्त्रीले बिहिवार राष्टपति रामचन्द्र पाैडेलसंग बजेटका वारेमा छलपफल गर्नु भएकाे थियाे । अाज प्रस्तुत गर्ने तयारी भएकाे बजेटमा मुख्य रूपमा भौतिक र डिजिटल पूर्वाधारलाई प्रमुख प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्षको लागि विशाल बजेट ल्याउने तयारी गरेको हाे । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेकाे बजेट स्रोत समितिले सरकारलाइ १८…
जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्मा बजेट प्रस्तुत हुने
आर्थिक परिवेशकाठमाडौँ । सरकारले अागामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते अपराह्न ४ संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा डा.स्वर्णिम वाग्लेले सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने जानकारी गराउनुभयो । उहाँहरूले बजेट प्रस्तुत हुने भन्दा अगाडी ३ः४५ बजे नै सांसदहरूलाई बैठक हलमा उपस्थित भई आसन ग्रहण गरिसक्न आग्रह गर्नुभयो । जेठ १५ गते नै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट दुवै…
मुलुकका आर्थिक सूचकहरू र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति छ : अर्थमन्त्री
आर्थिक परिवेश१३ जेठ, काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको छ । संघीय संसदमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको बताउनु भएको हो । अर्थमन्त्रीले वाग्लले आर्थिक सर्वेक्षण प्रस्ततु गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताउनु भयो । यस बर्ष मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण आर्थिक सर्वेक्षणले गरेको छ । प्रदेशगत रूपमा वागमती…