पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गरिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश३१ असार, काठमाडाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताउनुभयो । यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिनुभयो । त्यसैगरी शहरी विकास पूर्वधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री…
सरकारको एक वर्ष आर्थिक रूपले उपलब्धिपूर्ण रहेकाे छ अर्थमन्त्री पौडेल
आर्थिक परिवेश३० असार,काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको एक वर्ष उपलब्धिपूर्ण रहेकाे बताउनु भएकाे छ । गत वर्षको असार ३१ गते पदभार ग्रहण गर्नुभएका अथर्मन्त्री पाैडेलले एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे समाचार संस्था रासससंग कुरा गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले एक वर्ष व्यतित गरेका उल्लेख गर्नु भयाे । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न वर्तमान सरकारले धेरै नीतिगत तथा कानूनी सुधार गरेकाे अर्थमन्त्री पाैडेलले बताउनु भयाे । यस अवधीमा आर्थिक वृद्धिदर हेर्दा अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएकाे तथा भुक्तानीको समस्या समाधान भएको उल्लेख गर्नु भयाे । चालू आर्थिक…
सजगतापूर्वक लचिलो नीति अवलम्बन गर्ने गरी मौद्रिक नीति सार्वजनिक
आर्थिक परिवेश२७ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू दुई करोडबाट बढाएर रु तीन…
शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने मौद्रिक नीतिकाे लक्ष्य
आर्थिक परिवेश२७ असार, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाललाई खैरो सूचीबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ । “एफएटिएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैङ्कसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान…
संघीय अस्पतालले आफ्ना उपकरणको अवस्था वारे अडिट गर्नु पर्ने
आर्थिक परिवेश२६ असार, काठमाडौँ । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा उनीहरूको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्याङ्क प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चासो देखाउनु भएकाे थियाे । उहाँले अस्पतालहरूका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएनु भएकाे थियाे । त्यसक्रममा कैयौँ सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे…