सत्तारूढ दल र नीजि क्षेत्र बीच छलफल
आर्थिक परिवेश२० बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आज उहाँले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गर्नुभएको हो । सभापति लामिछानेले भन्नुभयो, “निजी क्षेत्र सशङ्कित भएको, अलि डराएको जस्तो देखेर नै मैले तपाईँहरूसँग छलफल गर्न चाहेको हुँ । तपाईँहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरूलाई कुनै खालको दुःख दिन चाहँदैनौँ ।” उहाँले केही व्यवसायी तथा पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार…
आगामी बजेटका लागि नेपाल चेम्बरले दियाे सुझाव
आर्थिक परिवेश१५ बैशाख, काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले मंगलवार अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको हो । चेम्बरले बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा जोड दिदै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ । चेम्बरले कृषि क्षेत्रमा आधुनिकीकरण,सहुलियत कर्जा र बजार पहुँच विस्तार,पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तरराष्ट्रिय प्रवद्र्धन,उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने प्रक्रियागत सहजता, सूचना प्रविधिमा कर छुट तथा ‘डिजिटल’ पूर्वाधार…
७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने र अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर नजिक
नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३१४ वैशाख, काठमाडौँ । नेपालको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले साेमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३ तयार पार्ने बताउनु भएकाे थियाे । स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ । सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय…
विदेशी मुद्राको विनिमय दरमा उतार चढाव
आर्थिक परिवेश११ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर…
राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाइने
आर्थिक परिवेश०८ बैशाख ,काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वैशाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताउनुभयो। नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उहाँले भन्नुभयो, “विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाह छ। हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक…