चालु आर्थिक बर्ष सकिन ७ दिन मात्र रहँदा विकास खर्च ५३ प्रतिशत मात्र
आर्थिक परिवेश२५ असार काठमाडौँ । चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्ममा सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारीमा भएकाे छ यो अवधिसम्ममा चालु शीर्षक तर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंगलवार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का हुने भएका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले…
राष्ट्रिय सभाको बुधवारको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित
आर्थिक परिवेश१८ असार, काठमाण्डौ । राष्ट्रिय सभाको बुधवारको बैठकले विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ सभाको बहुमतले पारित गरेको हो । यस्तै बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक,–२०८२ सर्वसम्मतिले पारित गरेको छ । भन्सार विधेयक, २०८० पारित राष्ट्रिय सभाको…
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित
आर्थिक परिवेश१४ असार, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटसंग सम्बन्धीत राष्ट्र ऋण उठाउने विधेयक, २०८२ तथा आर्थिक विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ती विधेयकहरू पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकाङ्क्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताउनुभयो । साधारण खर्चका लागि ऋण लिने नभई पुँजीगत खर्चका लागि मात्रै लिनुपर्ने भनेर सदनबाट आएका सुझाव ग्रहण योग्य रहेकाे उहाँले उल्लेख गर्नुभयो । “उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि ऋण लिने हो । चालु आर्थिक वर्षको…
गण्डकी प्रदेशकाे बजेट प्रदेश सभाबाट बहुमतले पारित
आर्थिक परिवेश१३ असार, कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट यही असार १ गते सार्वजनिक गरेको थियो । आर्थिक मामिला मन्त्री डा।टकराज गुरुङले प्रदेश सभामा उक्त बजेट पेश गर्नु भएको थियो ।बजेटको पक्षमा काँग्रेस र एमालेका सांसदको समर्थन थियो । प्रतिपक्षी माओवादी विपक्षमा उभियो भने राप्रपा तटस्थ बस्यो । बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजारले कमी रहेको छ । चालु आवका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड…
स्वदेशी उद्योग समस्यामा नपर्ने गरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण
आर्थिक परिवेश११ असार, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्ने गरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । केही उद्योगी व्यवसायीबाट सरकारको कर नीतिका कारण समस्यामा परेको भनी समितिमा निवेदन परेकाले यस विषयमा उचित निर्णय लिई स्वदेशी उद्योग प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउने आजको बैठकले निर्णय गरेको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ अव्यवहारिक रहेका र भन्दै सुनचाँदी व्यवसायी, आयुर्वेदिक औषधि व्यवसायी र फलाम तथा डण्डी उद्योगीहरूले अर्थ समितिसँग सहयोगका लागि आह्वान गरेका छन् । सुन, चाँदी, हिरालगायत वस्तुमा दुई प्रतिशत विलासिता शुल्क र…