सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३७ अर्ब बराबरको बजेट ल्यायाे
आर्थिक परिवेश

२५ असाेज,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३७ अर्ब बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्लले चालू आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गर्नुभयो । प्रदेश सरकारले चालू आवको तीन महिना पुग्नै लाग्दा ल्याएको बजेटमा सुशासन प्रवर्द्धन, सामाजिक न्याय, रोजगारी सिर्जनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । यो अघिल्लो सरकारले प्रस्तुत गरेको…

नेपाल टेलिकमकाे दसैँ-तिहार अफर २०८३ सार्वजनिक
आर्थिक परिवेश

२४ असोज,काठमाडौँ ।   नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले  इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको हाे  । कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटीएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन् । टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार यही असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच प्याकेज जडान गर्ने ग्राहकलाई रु ५००…

विदेशी मुद्राको काराेवार शुक्रवार कुनकाे कती
आर्थिक परिवेश

  २३ असाेज, काठमाडौँ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर…

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन पछि आन्तरिक वायुसेवा कम्पनीहरू सस्तोमा टिकट बिक्री गर्न सहमत
आर्थिक परिवेश

२२ असाेज, काठमाडौँ ।   प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन् । नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । उक्त छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ । क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र सो भाडादरबारे सूचना…

१७ वटा स्थानीय तहले सरकारको सहमति नलिई नगर विकास कोषबाट ऋण परिचालन
आर्थिक परिवेश

२१ असाेज, काठमाडौँ ।   केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । सङ्घीय संसद् राष्ट्रियसभामा यही असोज १२ गते प्रस्तुत भएको आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गत आर्थिक वर्ष २०८२र८३ मा १७ वटा पालिकाले नगर विकास कोषबाट रु ३३ करोड ८७ लाख ८१ हजार ५४३ बराबर आन्तरिक ऋण परिचालन गरेका छन् । तीमध्ये कतिपय स्थानीय तहले वार्षिक बजेटमा ऋणको व्यवस्था नगरेको तथा कुनै पनि स्थानीय तहले ऋण परिचालनका लागि नेपाल सरकारको सहमति नलिएको आयोगले जनाएको छ । अन्तर–सरकारी वित्त…