अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
आर्थिक परिवेश

२८ फागुन,काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच बिहिवार मुलुककाे सामयिक आर्थिक अवस्थाका वारेमा  छलफल भएको छ ।   बिहिवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र पृष्ठपोषणप्रति आभार व्यक्त गर्नुभयो ।   उहाँले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र निजी क्षेत्रको मनोबल उठाउनु प्रारम्भिक चुनौती रहेको उल्लेख गर्दै साझा प्रयासबाट अहिले व्यावसायिक वातावरणमा सुधार आएको जानकारी दिनुभयो ।   अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार छलफलमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवद्र्धन गर्ने, पुँजी बजारलाई पारदर्शी बनाउने…

सात महिनामा १२ खर्ब ६१ अर्बरुपैयाँ  रेमिट्यान्स भित्रियाे
आर्थिक परिवेश

२७ फागुन, काठमाडौं ।    चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १२ खर्ब ६१ अर्बरुपैयाँ  भित्रिएको छ।   नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको हो।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो। २०८२ माघ महिनामा विप्रेषण आप्रवाह  १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ थियो।   समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो…

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न
आर्थिक परिवेश

२१ फागुन, काठमाडौँ ।   निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताउनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरूको प्रारम्भिक प्रतिवेदनले जनाएको उल्लेख गर्नुभयो । दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र…

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा : गृहमन्त्री
आर्थिक परिवेश

 २० फागुन, काठमाण्डौ ।  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेका अनुसार बैठकमा विशेषगरी सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो । सोहीअनुसार सबै ‘युनिट’मा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजनाअनुरूप सबै सुरक्षा निकाय परिचालन भएका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सबै व्यवस्थापन भएको…

तनावले नेपालको आर्थिक वृद्धिदरलाई थप नकारात्मक बनाउन सक्ने
आर्थिक परिवेश

२० फागुन, काठमाण्डौ ।    विश्वमा बढ्दो भूराजनीतिक तनावले नेपालको आर्थिक वृद्धिदरलाई थप नकारात्मक बनाउन सक्ने राष्ट्र बैंकले औल्याएको छ । माइक्रोइकोनोमिक रिपोर्ट २०२६ सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतन्त्रको विकासमा भूराजनीतिक तनाव बढ्न नहुने उल्लेख गरेको छ ।  हाललाई नेपालको आर्थिक वृद्धि ४ प्रतिशतसम्म रहन सक्ने अध्ययनको अनुमान छ । आर्थिक वृद्धिका जोखिमहरुबारे उल्लेख गर्दै प्रतिवेदनले सामान्य अवस्थामा नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत हाराहारीमा रहे पनि पछिल्लो समयको राजनीतिक अस्थिरताले सुधारभन्दा गिरावटको जोखिम बढाएको उल्लेख गरेको छ । प्रतिवेदनले रुस र युक्रेन युद्ध तथा अमेरिका र भेनेजुएला तथा इरानबीचको तनावले विश्वबजारमा वस्तुको मूल्य र आपूर्तिमा अनिश्चितता बढाएको उल्लेख गर्दै नेपालमा…