सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सकाे पुनर्निर्माण कोषमा एक करोड
आर्थिक परिवेश

२१ पुष, काठमाडौं ।    सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडले भाद्र २३–२४ गतेको आन्दोलनमा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण र राहतका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख सहयोग गरेको छ। कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज सो रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको छ। सो अवसरमा अर्थ सचिव, राजस्व सचिव र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पनि उपस्थित हुनुहुन्थ्याे। सो अवशरमा अर्थमन्त्री खनालले योगदानको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्नुभयो। यो सहयोगसँगै हालसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको कोषले जनाएको छ ।

देशमा निर्वाचनकाे वातावरण बन्दै गएकाे छ : प्रधानमन्त्री
आर्थिक परिवेश

   १६ पुष, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उहाँले राजनीतिक स्थिरता तथा विश्वास कायम गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो । “यो सरकार बनेको मुख्य उद्देश्य सुशासनलाई संस्थागत गर्ने र तोकिएकै समयमा चुनाव गराउनु हो । हामी त्यसतर्फ ठोस रूपमा उन्मुख भइरहेका छौँ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले अघिल्ला राजनीतिक परिवर्तनले आम नागरिकको रोजगारी, आयआर्जन र जीवनस्तरमा…

निर्वाचन आउन ६५ दिन बाँकी आयोगले तोक्यो खर्चकाे सीमा कहाँ कती
आर्थिक परिवेश

१५ पुष,  काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैया खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम  २७ लाख रूपैया बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम  २९ लाख रूपैया बराबर खर्च गर्न…

केन्द्रीय बैंकले उदार र विवेकशील भएर नियमन गर्न आवश्यक : डा. कार्की
आर्थिक परिवेश

१४ पुष, काठमाण्डोै ।   बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा.रेवतबहादुर कार्कीले केन्द्रीय बैंकले उदार र विवेकशील भएर नियमन गर्न आवश्यक रहेको बताउनु भएकाे छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाण्डाैमा आयोजना गरेको नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उहाँले नेपाली बैंकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठूलो योगदान दिनसक्ने धारणा राख्नुभयो । संयोजक डा कार्कीले नेपाल–भारतबीच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैंकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको बताउनुभयो । कार्यकममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ…

करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण सुरु
आर्थिक परिवेश

०९ पुष, काठमाण्डौ ।   सरकारले करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण सुरु गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार बुधबार मोरङको केराबारी गाउँपालिकामा अर्थमन्त्री रामेश्वर खनालले यस्तो अधिकार हस्तान्तरण कार्यको शुभारम्भ गर्नु भएको छ । कार्यक्रममा अर्थमन्त्री खनालले करदाता सेवा हस्तान्तरण प्रक्रिया प्रशासनिक संघीयतामा महत्ववपूर्ण काम भएको बताउनु भयो । उहाँले वित्तीय संघीयता अघि बढाए पनि प्रशासनिक संघीयतामा कमजोर रहेको अवस्थामा यो कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्ने उल्लेख गर्नु भयो । करदातालाई सहजता, कर भुक्तानीको लागत र समय घट्ने, विकृत व्यवहार कम हुने र स्थानीय सरकारको आयस्रोत सक्षमता करको आधारमा वृद्धि हुने र सुशासन प्रवद्र्धनमा समेत सहयोग पुग्ने…