चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंककाे प्रक्षेपण
आर्थिक परिवेश२० असाेज,काठमाण्डाै । नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनले ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यस वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो। प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक क्रियाकलापमा सुधार आउने र आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ। बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात…
चिलिमेमा फसेका ५ कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण
आर्थिक परिवेश०१ असाेज, रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनु भयाे । सो विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो । प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो । उद्धारका लागि…
भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठुलो क्षति
आर्थिक परिवेश२८ भदाै,काठमाण्डाै । रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीका कारण पाँच जिल्लाका ७ हजार ५ सय ७० निजी भवनमा ठुलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रतिवेदनमा अब ती भवन पुनःस्थापना तथा पुनर्निर्माण गर्न ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। बाढीपछि भएको आर्थिक नोक्सानी तथा पुनःस्थापना/पुनर्निर्माणका विषयमा आयोग र प्राधिकरणले संयुक्त रूपमा अध्ययन गरेका हुन्। रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ (तीव्र गतिमा बग्ने भिरालो जमिनको पहिरो) भोटेकोसी नदीमा मिसिएपछि त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो। जुन बाढीले रसुवासहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार…
६६९ मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का : इप्पान
आर्थिक परिवेश२७ भदौ , काठमाण्डौ । प्राकृतिक विपद्को जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको भदौ महिनाको ‘फ्राइडे फोरम’ कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशूली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोेजनाहरूको पुनर्निर्माण र पुनस्र्थापनामा जुट्नुपर्नेमा विशेष जोड दिनु भएको छ । वक्ताहरुले भविश्वमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु अत्यावश्यक…
प्रधानमन्त्री राहत काेषमा १३ अर्ब ५४ करोड ९ लाख जुट्याे
आर्थिक परिवेश२७ भदाै काठमाण्डाै । प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ रुपैया मौज्दात छ । कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ बजेपछि मात्रै २८ करोड २० लाख १४ हजार ३६६ रुपैया थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ । कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम…