पद्म ज्याेती समूहले राहत काेषमा १ कराेड प्रदान
आर्थिक परिवेश१४ भदाै,काठमाडौँ । नेपालको पुरानाे मध्यकाे एक व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएकाे हाे । भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपुर र पश्चिम नवलपुर जिल्ला प्रभावित भएका छन् । प्रधानमन्त्री राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
३६ घण्टामा १ अर्ब ९१ करोड भन्दा बढी सहयोग रकम सङ्कलन
आर्थिक परिवेश१२ भदाै, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गर्नुभएको हो । बुधबार बिहान नेपाल–चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा…
बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला
आर्थिक परिवेश११ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो । त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६…
पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याइने
आर्थिक परिवेश११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ । बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको छ । भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन छ । विशेष अवस्था बाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने…
भाेटेकाेशी बाढीमा परी ९५ बढीकाे मृत्यु शव भेटिए
आर्थिक परिवेश१० भदाै, काठमाडौँ । सुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ ९पहिचान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष…