सञ्चार माध्यमहरू आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश२१ भदौ, काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका कमजोरीहरू उजागर गर्दै सकारात्मक कामलाई नागरिकसम्म प्रभावकारी ढङ्गले पुरयाउनु सञ्चार जगतको दायित्व भएको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सञ्चार माध्यमहरू आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्नेमा जोड दिनु भयो । उहाँले आर्थिक पत्रकारिताको महत्व उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सबल बनाउन पत्रकारहरूको भूमिका अपरिहार्य भएको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएको भए पनि कानुन कार्यान्वयन कमजोर भएकोले अपेक्षित नतिजा आउन नसकेको बताउनु भयो…
भदाै २० सम्म पनि ६१ स्थानीय तहले बजेट ल्याएनन
आर्थिक परिवेश२१ भदौ, काठमाण्डौ। देशभरका ६१ स्थानीय तहले चालु आर्थिक वर्षकाे लागि बजेट अझै पनि सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय तहले असार १० गते बजेट ल्याएर कार्यान्वयन गर्नु पर्ने व्यवस्था रहेको छ । मुलुकका ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहहरुले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहहरुको सङ्ख्या ६१ रहेको छ । हालसम्म कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४० र वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा,…
लुम्बिनी र गण्डकी बिच विकास निर्माणमा सहकार्य हुने
आर्थिक परिवेश१६ भदाै, काठमाण्डौ । लुम्बिनी र गण्डकी प्रदेशबीच विकास निर्माणसँग सम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सोमवार नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा सोमवार सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गर्नुभयो । सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो । बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने, प्रतिबद्धता गरिएअनुसार…
नाडा अटो शो एक लाख ६० हजारभन्दा बढी दर्शकले हेरे
आर्थिक परिवेश०९ भदाै,काठमाडौँ । राजधानीकाे भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’ एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अभिरुचिका साथ अवलोकन गरेका थिए । यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार र रोबर्टप्रति रह्यो । प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनी कक्ष सञ्चालन गर्ने…
गत वर्ष आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत
आर्थिक परिवेश०८ भदाै काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा मुलुककाे आर्थिक वृद्धिदर बढेको छ भने मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुलुकका आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति पाँच दशमलव ४४…