राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित
आर्थिक परिवेश

१३ पुष, काठमाडौं ।    नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ…

प्रदेशस्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन शुरु
आर्थिक परिवेश

१२ पुष, विराटनगर ।   उद्योग व्यावसायमा कार्यरत जनशक्तिको सुरक्षा पक्ष्ँको सुधार, सुरक्षित कार्यस्थल निर्माणमा सहयोगका साथै व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा दीर्घकालिन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोनजामा प्रदेश स्तरीय व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्मेलन भएको छ । इन्स्योर परियोजना, नेपाली युवा उद्यमी मंच विराटनगर, ईटहरी र झापा च्याप्टरको सहकार्यमा भएको कार्यक्रममा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यावसाय क्ष्ँेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र उत्पादकत्व अभिवृद्धिमा सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र अन्तरक्रियाबाट निष्कने निष्कर्षले प्रदेश सरकारलाई नीति निर्माण तहमा आगामी दिनमा सहयोग पुग्ने धारणा राख्नु भयो…

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा
आर्थिक परिवेश

१० पुष,काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेको बैठकले उक्त संस्थालाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्दै कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन नियन्त्रणमा लिइएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको Due Deligent Audit  सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक…

सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपास सुरुङ छिचाेलिए
आर्थिक परिवेश

९ पुस, काठमाडौं।  सिद्धार्थ राजमार्गकाे बुटवल पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘छिचाेल्ने कार्य   ब्रेक थ्रु’ सम्पन्न भएको छ। आयोजनाका अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका हुन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु भएको थियो। यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ। जसको पछिल्लो विवरण अनुसार ८…

मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द
आर्थिक परिवेश

०७ पुष, भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ…