नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक
आर्थिक परिवेश६ असोज,काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपादत्त गुप्ताले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आइतवार शिष्टाचार भेटवार्ता गर्नु भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो। उहाँले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराउनु भएको थियो ।
१६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
आर्थिक परिवेश०४ असाेज, काठमाडौँ । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवार दखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो । सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै कारणले बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको…
वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको छ : मुख्यमन्त्री आचार्य
आर्थिक परिवेश०१असाेज बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ। नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको स्पष्ट पार्नुभयो। उहाँले योजना कार्यान्वयनको नाममा भइरहेको आर्थिक अनियमितता रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामार्फत अघि बढाउने बताउँदै, यस कार्यमा प्रदेश सभा सदस्यहरूको पनि सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो। बजेटले अधुरा कामहरूलाई आगामी वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै यसबारे जिल्ला तहमा छलफल गरी टुङ्गोमा पुर्याइने मुख्यमन्त्रीले स्पष्ट…
मंगलवारका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर
आर्थिक परिवेश०१ असाेज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एककोे खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २९ पैसा कायम गरिएको छ…
३१ अर्ब ६२ करोड बराबरको बजेट ल्यायाे सुदूरपश्चिम प्रदेश सरकारले
आर्थिक परिवेश३१ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । कुल बजेट मध्य चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ करोड बजेट छुट्ट्याइएको छ । तत्कालीन सरकारले गत असार १ गते ल्याएको बजेट पारित नभएपछि सरकारले आज दोस्रो पटक पुनरावलोकन…