लगानी सम्मेलनकाे कार्यतालिका सार्वजनिक साे केशमा करिव एक सय ५० याेजनाहरू रहने
आर्थिक परिवेश०३ बैशाख , काठमाडौँ । लगानी बाेर्डले यही वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर…
खर्चमा तीव्रता दिदैं सरकार, खर्च नभएको आयोजनाबाट रकमान्तर गरिंदै
आर्थिक परिवेश२ वैशाख,काठमाडौँ । अर्थमन्त्रि वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चलाइ तीव्रता दिनु भएको छ । नयाँ मन्त्रीको आगमन पछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ । बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट…
निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमा राख्ने सरकारको नीति छः अर्थमन्त्री
आर्थिक परिवेश२६ चैत, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भएकाे छ । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उहाँले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताउनु भयाे । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो । मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिनु भयाे । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य…
जलविद्युत्, सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिने छ : अर्थमन्त्री
आर्थिक परिवेश२५ चैत्र, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी रूपमा ल्याउने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घद्वारा आइतवार काठमाडाैमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको जानकारी दिनुभयो । यसबाट सबैको सुझाव समेटिएर कार्यान्वयन योग्य बजेट आउने उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबीच सामञ्जस्यता हुनेगरी बजेट आउने पनि उहाँले स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत प्राथमिकता तय गर्दा नेपालको भू–राजनीतिक अवस्थिति, तुलनात्मकरुपमा…
लुम्बिनी मुख्यमन्त्री जोखबहादुर महराबाट पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश२५ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज दिउँसो बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराउनुभएको छ । नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीको शपथ हुने भएको छ। एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर बिना विभागीय मन्त्री बन्नुभएको हो। मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।