याे बर्ष नेपालीको प्रतिव्यक्ति आय बढेन एक हजार तीन सय ९९ अमेरिकी डलर यथावत रहने
आर्थिक परिवेश१९ वैशाख,काठमाडाैं । आर्थिक वर्ष २०७९/०८० मा नेपालकाे कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज काठमाडाैमा आयोजित पत्रकार सम्मेलनमा त्यसताे प्रक्षेपण सार्वजनिक गरिएको हो । नेपालीको प्रतिव्यक्ति आय गत आर्थिक वर्षको जस्तै चालु आवमा पनि एक लाख ८२ हजार छ सय ८३ अर्थात् एक हजार तीन सय ९९ अमेरिकी डलर र विप्रेषण रु १२ खर्ब ३१ अर्ब ७३ करोड हुने तथ्याङ्क कार्यालयले जनाएको छ । चालु मूल्यमा कूल स्थिर…
चीनसँगको तातोपानी नाका ८ वर्षपछि सञ्चालनमा चीन तर्फ निकासी शुरू
आर्थिक परिवेश१८ बैशाख, काठमाडौं। सिन्धुपाल्चोकमा रहेकाे नेपाल र चीन बीचकाे तातोपानी नाका ८ वर्षपछि साेमवारबाट सञ्चालनमा आएको छ। नाकाबाट निकासी सुरु भएको हो। नाकाबाट तीन कन्टेनर सामान चीन निकासी भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले म्याट्रेस र बेत बाँसका कुर्सी निकासी भएको जानकारी दिनु भयाे । उहाँका अनुसार निकासी भएको सामानको मूल्य २९ लाख रुपैयाँ बराबरको छ । मंगलबार पनि नेपाली हस्तकलाका सामान निकासीको तयारी रहेको उनले बताए। भूकम्पपछि यो नाका पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन। भूकम्पपछि पहिरो र कोभिडका कारण नाका संचालनमा आउन नसकेको हो। यो नाकाबाट आयात भने भइरहेको थियो। यो नाकाबाट…
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक : राष्ट्रपति
आर्थिक परिवेश१८ वैशाख,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गर्नुभएको छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने वहाँले विश्वास व्यक्त गर्नुभएको छ । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको र मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने…
उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
आर्थिक परिवेश१७ वैशाख, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोही अनुसार तयारी गरिरहेको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ। तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न…
आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदहरुकाे माग
आर्थिक परिवेश१६ वैशाख,काठमाडौँ । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गर्नुभएको छ । आज पनि कर्णाली प्रदेश नेपालको जनगणना २०७८ को तथ्यांकअनुसार निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ । कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी र लघु उद्योगहरूलाई…