सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

९ वैशाख,काठमाडौ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले अहिले  नै ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गर्नुभयो । ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको…

राष्ट्रिय योजना आयोगले पायाे पूर्णता तीन सदस्य थपिए
आर्थिक परिवेश

९ वैशाख, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेर पूर्णता दिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोगकाे सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुनुहुन्छ । डा‍‍‍ पाैडेल अष्ट्रेलिया नेशनल  विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएकाे  हाे  । आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील रहँदै अाउनु भएकाे छ  । पौडेल र विछाले शुक्रबार नै शपथ ग्रहण गरिसक्नु भएकाे छ । बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन सकेन । सरकारले यसअघि…

निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरि कुनै कानुन बनाउँदैनौ : प्रधानमन्त्री
आर्थिक परिवेश

 ८ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले  निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताउनु भएको छ। शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइसमेत दिनुभयो। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। सो क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय…

श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्नुस : अर्थमन्त्री महत
आर्थिक परिवेश

८ वैशाख, काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नु भएकाे छ । शुक्रबार अन्तर सरकारी वित्त परिषद्को छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले श्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने बताउनु भयाे  । परिषद्ले छलफलपछि मुख्य पाँचवटा निष्कर्ष निकालेको छ । संविधानको अनुसूचि बमोजिम तिनै तहका सरकारले दोहोरो नपर्ने गरी आयोजना सञ्चालन गर्ने, कर संकलन प्रणालीलाई थप सुदृढ गर्ने निष्कर्ष निकालेको छ । करमा देखिएको दोहोरोपनलाई स्पष्ट गर्ने, वित्तीय संघीयताका आधारमा कानुन निर्माणलाई जोड दिने, प्राप्त स्रोत र साधनलाई व्यवस्थित गर्दै उच्चतम उपयोगलाई अवलम्बन गर्ने, श्रोतको एकिन नगरी दायित्व…

राजस्व संकलनमा प्रगति भएको छैन किन यस्तो भयो कारण खोज्नुस : अर्थमन्त्री
आर्थिक परिवेश

७ वैशाख, काठमाडौं ।   अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्ने जिम्मेवारी लिएका कर्मचारीहरुलाई तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएकाे छ । बिहीबार आन्तिरक राजश्व विभाग र सम्वद्ध निकायका प्रमुखहरुको समीक्षा बैठकमा अर्थमन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएकाे हाे । बैठकमा  नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभाबकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकाेले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो भन्ने कुरामा  ध्यान दिनुस उहाँले भन्नुभयाे । ‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएकाे हाे ।…