भाेटेकाेशीकाे बाढीले उत्पादन क्षमताको करिब १० प्रतिशत उत्पादन प्रभावित
आर्थिक परिवेश११ भदाै, काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कूल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत उत्पादन प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुनसक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न प्राधिकरण सफल भए पनि बाढीबाट भएको ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र बनाइएको छ । प्रारम्भिक विवरणअनुसार बाढीका कारण ४३११ मेगावाट क्षमताका १२ वटा…
हेटौडा कपडा उद्योगले छिट्टै थप १० वटा तान संञ्चालन गरेर कपडा उत्पादन गर्ने
आर्थिक परिवेश०७ भदौ, काठमाण्डौ । हाल १० वटा तानबाट कपडा उत्पादन भइरहेको हेटौडा कपडा उद्योगले छिटटै थप १० वटा तानसंञ्चालन गरेर कपडा उत्पदन गर्ने भएको छ । हाल सञ्चालमा रहेका मध्ये तीन वटा तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ । स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाए पछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेशबहादुर भट्टराईले जानकारी दिनुभयो । लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना राम्रो अवस्थामा रहेको भट्टराईले बताउनुभयो स्वचालित तान सञ्चालन…
४४० मेगावाट क्षमताकाे तिला–एक जलविद्युत् आयोजना अघि बढ्याे
आर्थिक परिवेश३ भदाै, काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४४० मेगावाट क्षमताकाे तिला–एक जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन कार्य सम्पन्न भएको छ । एससी पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनामा एनएमबी बैंक लिमिटेडको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाहरूकाे सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्र गरिएको हो । मंगलबार एक समारोहका बीच उक्त ऋण लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लिड बैंक एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र आयोजना प्रवर्द्धक कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गर्नु भएकाे छ । सम्झौता अनुसार ऋण लगानीमा एनएमबी बैंकले लिड बैंकको भूमिका निर्वाह गरेको छ । यस बैंकले आयोजनामा…
तिला ४२० जलविद्युत आयोजनाकाे लागि लगानी सम्झौता सम्पन्न
आर्थिक परिवेश२ भदौ, काठमाडौं । कालिकोट जिल्लामा निर्माण हुने ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाकाे लागि लगानी सम्झौता सम्पन्न भएको छ । अायाेजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ । आयोजनामा लगानी गर्ने कर्न्सोटियम बैंकहरूमा सहअगुवाका रूपमा सानिमा बैंक छ भने प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक को सह अगुवाइ बैंक रहेकाे रूपमा रहेका छन्छर । त्यसैगरी लगानीमा सहभागी बैंकमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक छन् । कर्णाली…
नेपालमै बनेको पहिलो विद्युतीय स्कुटरकाे अर्थमन्त्रीले कारखानामै पुगेर अवलोकन
आर्थिक परिवेश३१ साउन काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो। “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ।” नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल…