क्षतिग्रस्त २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा
आर्थिक परिवेश०१ कार्तिक, काठमाण्डौ । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।गए रातिदेखि प्रसारण लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुरयाएको थियो । तीमध्ये ३ वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने एउटा टावरमा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रियप्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका ५ जलविद्युत् आयोजनाबाट उत्पादित कुल…
किसानहरूबाट १५ हजार मेट्रिक टन धान खरिद गर्दै सरकार
आर्थिक परिवेश२७ असाेज, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा किसानहरूबाट १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७ करोड ५० लाख विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मोटा मध्यम धानको प्रतिक्विन्टल रु तीन हजार ८६० तोकिएको छ । न्यूनतम समर्थन मूल्यमा…
नेपालले गुणास्तर र निर्यात क्षमता बढाउदा युराेपसंगकाे व्पापारमा लाभ लिन सक्ने
आर्थिक परिवेश२२ असाेज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । युरोपियन इकोनोमिक चेम्बर नेपालले आज यहाँ आयोजना गरेको ‘युरोपेली युनियन र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको प्रमुख आर्थिक क्षेत्रमा पार्ने प्रभाव’ विषयक छलफल कार्यक्रममा उहाँले नेपालले आफ्नो निर्यात गर्ने क्षमतामा सुधार गर्नुपर्ने बताउनुभयो । “नेपालले भारतको युरोप लक्षित व्यापार शृङ्खलासँग प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्दै प्राकृतिक रेसा, धागो, कृषि प्रशोधन, प्याकेजिङ, जलविद्युत्, व्यावसायिक सेवा तथा अन्य सामग्रीमार्फत क्षेत्रीय आपूर्ति शृङ्खलामा सहभागी हुने गरी अघि बढ्न जरुरी भएकाे…
सरकारकाे राष्ट्रिय प्रसारण लाइन निजी क्षेत्रले प्रयोग गर्ने
आर्थिक परिवेश१५ असाेज,काठमाडौँ । निजी क्षेत्रले राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न पाउने बाटो खुलेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो । विद्युत् नियमन आयोगले बिहिवार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण तथा वितरण प्रणाली (विद्युत् ग्रिड) को प्रयोग गर्न दिएबापत लिइने दस्तुर (ह्वीलिङ चार्ज) मापदण्ड सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा रामप्रसाद धितालका अनुसार राष्ट्रिय विद्युत् प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) को प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड बमोजिम शुल्क निर्धारण गरिएको छ । मापदण्डअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत् प्राधिकरण…
कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेघावाट विद्युत उत्पादन
आर्थिक परिवेश०९ असाेज, इन्द्सराेवर, बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जलसतह बढ्न नदिन तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी विद्युत् उत्पादन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै लगातार पानी परिरहेको अवस्थामा जलाशयको जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम उपयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो। उहाँका अनुसार हाल कुलेखानी जलाशयको जलसतह एक हजार पाँच सय २२ दशमलव ७५ मिटर रहेको छ। तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले जलसतह धेरै बढ्न नपाएको उहाँले बताउनुभयो। कूल एक सय छ मेगावाट क्षमताको कुलेखानी आयोजनाका पहिलो, दोस्रो र तेस्रो युनिटबाट…