मधेश प्रदेशमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे 
आर्थिक परिवेश

१७ भदाै,जनकपुरधाम ।  विगत केही बर्ष यता मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम घट्दाे  रूपमा  देखिएकाे छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख  छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड…

विद्युत् विधेयक–२०८० लाई सङ्घीय संसद्मा पेश गर्ने निर्णय
आर्थिक परिवेश

१२ भदाै, काठमाडौँ ।  बहु प्रतीक्षित विद्युत् विधेयक–२०८० लाई सरकारले सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो विधेयकलाई पारित गरी सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार सो विधेयक आजको बैठकले पारित गर्दै सङ्घीय संसद्मा पेश गर्न ऊर्जा मन्त्रालयलाई अनुमति प्रदान गरेको छ  । लामो समयदेखि सो विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा…

ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : गृहमन्त्री
आर्थिक परिवेश

१२ भदौ, काठमाडौं ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताउनु भएकाे  छ । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताउनु भएकाे हाे । अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको भन्दै मन्त्री श्रेष्ठले   इप्पानले सुशासनको अभियान सुरु गरेकोमा धन्यावाद दिनु भयाे । उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गर्नु भयाे   ।…

कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
आर्थिक परिवेश

१० भदाै, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ । पार्टी  केन्द्रीय कार्यालय पेरिस डाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रूपमा यो अभियानलाई सुरु गरिएको हो ।” सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन…

निजी क्षेत्रको उत्साहजनक सहभागिता भए मात्र देशको आर्थिक विकास सम्भव हुन्छ : राष्ट्रपति
आर्थिक परिवेश

०७ भदाैं, काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताउनुभएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले…