सरकारले बढाएकाे  श्रमिककाे  पारिश्रमिक दिन सकिदैन  : परिसंघ
आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  नेपाल उद्योग परिसंघले  सरकारले हाल बढाइएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएकाे छ  । परिसंघले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको उल्लेख गरेकाे छ  । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको ,उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेकाे,उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेकाे परिसंघले उल्लेख गरेकाे छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजारमा माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत…

विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री
आर्थिक परिवेश

०१ भदाै, काठमाडाैं ।  प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको वताउनु भएको हो । शुक्रवार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताउनु भयाे । प्धानमन्त्री…

कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत
आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक…

नेपालकाे बिजुली बंगलादेश निर्यातका लागि बहुपक्षीय प्रारम्भिक सहमति
आर्थिक परिवेश

३२ साउन,काठमाडाैं  ।     नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ। सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ। हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ। सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ। बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र…

प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दियाे सुझाव
आर्थिक परिवेश

२९ साउन,काठमाडौं ।   सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र सहज अवस्थामा रहे पनि बजार चलायमान हुन नसकेपछि सरकारले विभिन्न निकायसँग यसबारे जानकारी लिएको छ । साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रका छाता संस्थाहरूसँग भेटघाट गर्नुभएको हाे । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका निकायका प्रतिनिधि बोलाएर प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । निजी क्षेत्रले प्रधानमन्त्री दाहालसँगको भेटमा अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको खस्केको मनोबल उकास्नु पहिलो…