काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
आर्थिक परिवेश२४ माघ,काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको बताउनुभयो । ‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी…
सय /सय टन चुकन्दर र गाजर जर्मनी निर्यात हुने
आर्थिक परिवेश२१ माघ, भरतपुर, चितवन । चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर युराेपेली मुलुक जर्मन निर्यात हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले गरेका उत्पादन अगर््यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर निर्यात गर्न लागिएको हो । जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक किसान छविलाल न्यौपानेले जानकारी दिनुभयो । चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि पेश्की रकम समेत प्राप्त भइसकेको उहाँले बताउनु भयो । अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च माग भएको कारण आगामी…
बाह्रबिसेमा सबस्टेसनको निर्माण अन्तिम चरणमा
आर्थिक परिवेश२१ माघ,काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ…
पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनु पर्ने
आर्थिक परिवेश१८माघ, काठमाडौँ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्य प्रक्रियामा शीघ्रता कायम गर्न सुशासन ऐन बमोजिम सो निर्णय गरी नेपाल सरकारका सबै मन्त्रालयहरूमा परिपत्र गरिएको छ । जसअनुसार अब…
विदेशमा सिकेको सिपबाट स्वदेशमा उद्यम गर्न नबिलको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’
आर्थिक परिवेश११ माघ, काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारलाई लक्षित गरेर नयाँ कर्जा योजना अघि सारेको छ । देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सिपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेको जस्ता समस्या देखिएको सन्दर्भमा बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गर्नु भयो । ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक…