सामाजिक सुरक्षा योजनामा चार वर्षमा चार लाख ३० श्रमिक सूचीकृत
आर्थिक परिवेश

१० चैत्र,काठमाडाैं ।  सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार बर्षमा चार  लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोसी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट…

बजेट अभावको कारण वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन अन्यौलमा
आर्थिक परिवेश

 ०७ चैत्र, वीरगञ्ज । दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी भइरहँदा बजेट अभावको कारण सञ्चालन कार्यमा अन्यौलता देखिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १० वर्षसम्म कारखाना सञ्चालनको जिम्मा लिएर मर्मत सम्भारको कार्यलाई तीव्रता दिए पनि अर्थ मन्त्रालयले समयमा बजेट निकास नगर्दा कारखाना सञ्चालन पुनः अन्यौलमा परेको छ । पूर्व राजा स्वर्गीय महेन्द्रले तत्कालीन सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगञ्जमा कृषि औजार कारखानाको स्थापना गर्नुभएको थियो । तत्कालीन समयमा वार्षिक ११ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको कृषि औजार कारखाना २०५९ साल…

७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित : प्राधिकरण
आर्थिक परिवेश

चैत्र १,  काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत विन्दुले घटाइएको छ । गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो । ​ यसवर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत…

देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२३ फागुन,काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको मंगवलवार काठमाडाैमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको उल्सलेख गनुर्न्द भयाे । उहाँले मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले आर्थिक र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई…

नेपालका सिमेन्ट तथा स्टील उद्याेगहरू पूर्ण क्षमतामा चल्नु पर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
आर्थिक परिवेश

१७ फागुन, काठमाडौं। दोस्रो नेपाल ट्रेड समिट बुधबारदेखि काठमाडाैंमा शुरु भएको छ। स्टिल मिन्टले आयोजना गर्दै आएको ट्रेड समिटको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायनकाजी श्रेष्ठले उद्घाटन गर्नु भएकाे छ । कार्यक्रममा  मन्त्री श्रेष्ठले नेपालको पूर्वाधार विकासका लागि स्टिल, सिमेन्ट  र कोइलाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयाे । ‘कुनै पनि देश विकसित हुन पूर्वाधार विकास हुन आवश्यक छ,’ उहाँले भने, ‘यसका लागि सिमेन्ट उद्योग तथा स्टिल उद्योगहरु राम्रोसँग पूर्ण क्षमतामा संचालन हुनुपर्छ’ भन्दै सिमेन्ट र स्टिल उद्योगमा लगानी गर्न समेत लगानीकर्ताहरूलाइ मन्त्री  श्रेष्ठले आग्रह गर्नु भयाे । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले निर्माण उद्योगहरुलाई…