कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
आर्थिक परिवेश

१० भदाै, काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताउनु भएको छ । पार्टी  केन्द्रीय कार्यालय पेरिस डाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रूपमा यो अभियानलाई सुरु गरिएको हो ।” सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन…

निजी क्षेत्रको उत्साहजनक सहभागिता भए मात्र देशको आर्थिक विकास सम्भव हुन्छ : राष्ट्रपति
आर्थिक परिवेश

०७ भदाैं, काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताउनुभएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राख्नुभयो । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले…

विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागि परेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 ०५भदाै, भरतपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताउनुभएको छ । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, `यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।´ उहाँले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, `हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।´ उहाँले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउनुहुँदै आशन्न चीन भ्रमणमा पनि विद्युत…

सरकारले बढाएकाे  श्रमिककाे  पारिश्रमिक दिन सकिदैन  : परिसंघ
आर्थिक परिवेश

०१ भदौ, काठमाडौं ।  नेपाल उद्योग परिसंघले  सरकारले हाल बढाइएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएकाे छ  । परिसंघले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको उल्लेख गरेकाे छ  । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको ,उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेकाे,उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेकाे परिसंघले उल्लेख गरेकाे छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजारमा माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत…

विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री
आर्थिक परिवेश

०१ भदाै, काठमाडाैं ।  प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको वताउनु भएको हो । शुक्रवार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको बताउनु भयाे । प्धानमन्त्री…