श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीकाे पहल
आर्थिक परिवेश२६साउन , काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो। छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ। छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव…
महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैन : अर्थमन्त्री
आर्थिक परिवेश२६साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन । सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, याे दुरगामी अवधारणा हो । महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ । देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ ।’ ‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशिन्छन् । महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ । त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरुले मात्र दिन सक्छन्’ मन्त्री डा. महतले भन्नुभयो, ग्रामीण र…
नेपालबाट ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात
आर्थिक परिवेश९ साउन,काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड रूपैया बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रूपैया बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार रूपैया बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजार रूपैया बराबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् ।…
बुढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढछ : प्नधानमन्त्री दाहाल
आर्थिक परिवेश३ साउन,गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना ‘रेडी टु गो’ आयोजना भएको बताउनुभयो । गोरखाको सिउरेनीटारमा बुधवार बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । हिउँद र वर्षातको समयमा हुने विद्युत् असन्तुलनलाई बुढीगण्डकी जलविद्युत आयोजनाले समाधान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । साे आयोजनामा मुआब्जा वितरण कार्य सकिएर डिपिआर भैसकेको र अध्ययन प्रतिवेदन समेत प्राप्त भएकाले कुनै पनि तर्क र बहानामा आयोजनामा ढिलाइ गर्न नहुने प्रधानमन्त्री दाहालले बताउनुभयो । बुढी गण्डकी जलविद्युत आयोजनामा सरकारको ४३ अर्ब लगानी भैसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गोरखा र धादिङका जनताले पचासौँ हजार रोपनी…
रासायनिक मल कारखाना स्थापनाकाे अध्ययन गर्ने जिम्मा जर्मन कम्पनीलाई
आर्थिक परिवेश२८ असार, काठमाडौं। नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा जर्मनी कम्पनी डायग इन्ड्रष्ट्रिज जीएमबीएचले पाएको छ। बिहीबार लगानी बोर्ड, नेपाल र जर्मनी कम्पनीबीच विस्तृत सम्भाव्यता अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गर्नु भयाे । सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार जर्मनी कम्पनीले अध्ययनको जिम्मा पाएको हो। कम्पनीले गरेको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत्र १७ गते बसेको ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो। प्रस्तावकसँग गरिने समझदारीपत्र को मस्यौदा २०७९…