अलैँची निर्यातकाे नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश१३ साउन, इलाम। गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आवमा १२ अर्ब ६३ करोड रुपैयाँ बराबरको ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको हो। यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा चार अर्ब ९६ करोड रुपैयाँले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको थियो। अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार झापाको काँकडभिट्टा नाका हुँदै बाहिरिएको अलैँची मूल्य र परिमाण दुवैका हिसाबले अहिलेसम्मकै उच्च हो। उहाँले सिजनको सुरुवातदेखि नै मूल्य स्थिर रहेकाले यस वर्षको करिब…
अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश०७ साउन, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उहाँसँग गर्नुभएको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । “नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछु”, प्रधानमन्त्री शाहले भन्नुभयो । अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायीको थियो । अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले प्रमाणीकरणमा दिइँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकामा त्यसलाई पुनःसञ्चालन गर्न…
कृषि र उद्योग मन्त्रालय बीच सहकार्य गर्ने वारेमा छलफल
आर्थिक परिवेश५ साउन,काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच दुवै मन्त्रालयका सम्बन्धित काममा प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको छ । कृषि मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच अन्नबालीको न्यूनतम् समर्थन मूल्य निर्धारणपश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसिसीएआईबीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल भारतबीच व्यापार तथा पारवहन अन्तरसरकारी समितिमार्फत पहल गर्ने विषयमा समेत छलफल भएको थियो । सो अवसरमा झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डरणका लागि…
नेपालमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना शुभारम्भ
आर्थिक परिवेश०४ साउन,काठमाण्डौ । नेपालमा सोमवारदेखि कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि,ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार,संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सु्दृढीकरण परियोजना शुभारम्भ गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालका अनुसार, २४ महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ । चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोपरेशन फण्डको आर्थिक सहयोग रहेको परियोजनाले स्थानीय संस्थाको क्षमता…
क्षतिपूर्तिस्वरुप ५२ करोड किसानलाई उपलब्ध गराउने
आर्थिक परिवेश२३ असार,काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो । विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एकसाताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो । उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ । बर्डफ्लु नियन्त्रण…