डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन
आर्थिक परिवेश

२३ बैशाख,  काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा आइतवार भएको ‘डढेलो र आगलागी सम्बन्धी आपत्कालिन छलफल’मा आगलागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने भएको भन्दै आगो लगाउनेलाई कानूनअनुसार कारबाही गर्न उहाँले निर्देशन दिनुभएको हो। ‘केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेका छन्। आगलागीले विपद्कै रूप लिइसक्यो। तर, आगो लगाउनेको अक्सर पहिचान हुँदैन। पहिचान भएका पनि कानून मातहत आएका छैनन् होला। वनमा आगो लगाउनु अपराध हो। अपराध गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्छ। त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नुहोला’ मन्त्री लामिछानेले गृह मन्त्रालय, मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन…

भारतले हटायाे प्याजमा लगाएकाे प्रतिवन्ध
आर्थिक परिवेश

२२, बैशाख, काठमाडाैं  ।  भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले प्रतिवन्ध हटाउने   निर्णय गरेको हो । भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको त्यहाँकाे  बाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । सरकारी अनुमानअनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य…

देशका ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो स्थानीयस्तरमा सजगताकाे कमी      
आर्थिक परिवेश

२० बैशाख, काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेकाेले  वातावरणमा प्रदुषणकाे  समस्या देश भर देखा परेकाे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिवार  बैशाख २० गते सम्ममा ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।” उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला…

९ महिनामा २० अर्ब २९ करोड २२ लाखकाे धान, चामल, मकै पैठारी, काेदाेकाे पिठाे मात्रै १ अर्बकाे
आर्थिक परिवेश

१३ बैशाख, वीरगंज  । मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सारबाट मात्र  चालु आर्थिक वर्षको ९ महिनामा २० अर्ब २९ करोड २१ लाख ६६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न नेपाल भित्रिएको छ । वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त सम्म ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ३८ करोड १८ लाख ४९ हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ६ अर्ब ९३ करोड २० लाख १२ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको…

सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. छिचाेलिने अवस्थामा
आर्थिक परिवेश

०८बैशाख,काठमाडौं ।   राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुड. निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको परियोजनाको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव…