विज्ञ टोली परिचालन गरी सहकारी नियमन बलियो बनाउन सुझाब
आर्थिक परिवेश

२६ भदौ,काठमाडाैं ।  सरकारद्धारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । उक्त कार्यदलले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । सहकारीका बचतकर्ता पीडितलाई तत्काल राहत दिने गरी सरकारले केही योजना ल्याउन अध्ययन कार्यदलले सुझाव दिएको छ । सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्यालाई सम्बोधन गर्न सरकारले पहल गर्नुपर्ने, पीडित बचतकर्ताको बचत फिर्ताका लागि सहजीकरण गर्ने, सहकारीको वित्तीय स्वास्थ्य राम्रो बनाउनका लागि विज्ञ टोली परिचालन गर्ने र नियमन बलियो बनाउने लगायतका सुझाव दिएको छ । स्वायत्त र शक्तिशाली नियमन निकाय बनाएर नियमन तथा अनुगमन गर्न र कार्वाहिको लागि…

चिराइतो बिक्रीबाट किसानले वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी गरे
आर्थिक परिवेश

२३ भदाै, काठमाडाैं ।   भोजपुरका किसानहरू अन्य खेतीको तुलनामा चिराइतो खेतीतर्फ आर्कषित भएका छन् । मकै, आलुको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानहरु बहुउपयोगी जडीबुटी चिराइतो खेतमिा आर्कषित भएका हुन् । चिराइतो बिक्रीबाट वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो । यस वर्ष आफ्नो बारीमा करिब ६० मन चिराइतो उत्पादन हुने उहाँको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट…

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ
आर्थिक परिवेश

२३ भदौ, पेरिस, फ्रान्स।  प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ । एफएओले एक मासिक प्रतिवेदनमा भनेको छ, “अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ । जसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।” संयुक्त राष्ट्र एजेन्सीले भनेको छ, “प्रतिबन्धको अवधिको बारेमा अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा प्रमुख निर्यातकहरूले भण्डारणलाई बलियो बनाउन, पुनः वार्ता गर्न वा मूल्य प्रस्तावहरू गर्न बन्द सम्झौताहरू…

कन्याममा चिया चाख्ने अनुसन्धान केन्द्र निर्माण
आर्थिक परिवेश

२१ भदाै, इलाम ।  इलामको सूर्योदय नगरपालिका कन्याममा ’टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ । कन्याममा ’टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण भएपछि चिया क्षेत्रमा लामो समय देखी सक्रिय किसान उद्योगी र यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहने सबैलाई राहत मिलेको छ । अब भौतिक संरचना पूर्णरूपमा तयार भएको छ । तयार भएको भवनहरू एउटै कमाउण्ड भित्र ५ वटा बल्क रहेका छन् जहाँ प्रशासन कक्ष चियाको टेस्टिङ तथा खरिद बिक्री कक्ष, चियाको अध्ययन अनुसन्धान कक्ष, चियाका विभिन्न कुराको संग्राहलय, सभाहल र ११ वटा कोठा रहेको सुविधा सम्पन्न गेष्ट हाउस पनि रहेको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको…

बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७/१८ प्रतिशतभन्दा धेरै छैन : कृषि मन्त्री
आर्थिक परिवेश

१७ भदौ, काठमाडौं ।  कृषि तथा पशुपक्षी विकास मन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइको समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा कृषि मन्त्री भुषालले कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रुपमा सिँचाइको असुविधा नै रहेको बताउनु भयो । मन्त्री भुषालले हालसम्म ४८ प्रतिशत जमिनमा मात्रै सिँचाइ भएको र त्यो पनि बर्खा आसपासमा मात्रै, बाह्रैमास सिँचाइ हुने क्षेत्र भनेको १७÷१८ प्रतिशतभन्दा धेरै नभएको उल्लेख गर्नु भयो । उहाँले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान…