सरकारले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढायाे
आर्थिक परिवेश२५ कात्तिक काठमाडौं । सरकारले राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ । पटेल—रमण जेभी, जनकपुर—९ धनुषासग आयोजनाले गरेकाे ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै…
महको आयात रोक्न कृषिमन्त्रीसँग मौरी पालक किसानहरूकाे माग
आर्थिक परिवेश२५ कार्तिक, काठमाडौँ । मौरी पालक किसानहरूले महको आयात रोक्न कृषिमन्त्रीसँग माग गरेका छन् । साेमवार सिंहदरबारमा मौरी पालक किसानहरूले कृषि मन्त्रीसंग गरेकाे छलफलमा मह उत्पादक किसानहरूले त्यसताे माग गरेका हुन् । छलफलमा मौरी पालक किसानहरूले भने महको आयात रोकेर नेपाली किसानले उत्पादन गरेको मह बहुराष्ट्रिय कम्पनीहरूले खरिद गर्ने व्यवस्था मिलाउनु पर्ने माग समेत गरेका छन् । छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनु भयाे । मन्त्री परियारले किसानको सहमति र सल्लाह विपरीत कुनै पनि निर्णय नगरिने प्रतिबद्धता पनि जनाउनु भयाे । बहुराष्ट्रिय कम्पनीहरूलाई मह आयात गर्न दिने…
४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइदै
आर्थिक परिवेश३० असाेज, काठमाडौँ । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वका बारेमा जनचेतना जगाउन बिहिवार ४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्मकाे अायाेजना गरी मनाइदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिनुभयो ।…
मुस्ताङमा गत वर्षको तुलनामा यस बर्ष स्याउ उत्पादन बढ्याे
आर्थिक परिवेश२९ असोज, मुस्ताङ । मुस्ताङमा गत वर्षको तुलनामा यस बर्ष स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताउनुभयो ।…
मुस्ताड. जिल्लामा यस बर्ष आलु उत्पादन वृद्धि हुने
आर्थिक परिवेश२८ भदौ, काठमाडौं। मुस्ताड. जिल्लामा यस बर्ष आलु उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । आव २०८२÷८३ मा त्यहाँका पाँचै पालिकाको कूल ४७० हेक्टरमा आलु खेती गरिएको र आठ हजार ४९६ मेट्रिकटन आलु उत्पादन हुने अनुमाने गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो । गत आव २०८१÷८२ मा त्यहाँ ४६० हेक्टर क्षेत्रफलमा आठ हजार ४५४ मेट्रिकटन आलु उत्पादन भएको थियो । उपल्लो मुस्ताङमा चैत÷वैशाखमा आलुको बीउ रोपेर असोज÷कात्तिकमा खेतबारीबाट आलु खन्न सुरु गरिन्छ । नगदेबाली भएको र सडक यातायातको सजह पहुँच भइसकेकाले त्यहाँ उत्पादित आलुको बजारीकरणमा कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यहाँ…