दशैं मनाउन २ लाख ६२ हजार बढी यात्रुले काठमाडौँ छाेडे
आर्थिक परिवेश२९ असाेज, काठमाडौँ । नेपालीहरूकाे महान् चाड ठूलाे दसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि बिहिवारसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आजसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो । उपत्यका छाड्ने यात्रुमध्ये एक लाख…
९ विदेशी नागरिकसहित ८२ जनालाई नेपाली सेनाका चार वटा हेलिकोप्टरमार्फत उद्धार
आर्थिक परिवेश२५ असाेज, काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै गेग्रान बहावले स्यारखोला थुनिएर फुट्दा बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको छ। बाढीमा परी चुम्चेतको उङ्गिलुङका दुई महिलासहित पाँच जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्रबाट नौ जना विदेशी नागरिकसहित ८२ जनालाई नेपाली सेनाका चार वटा हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बाढीले दुई वटा पक्की पुल, दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत् आयोजना, चार वटा हवन कुण्ड, ४५ वटा घर पूर्ण र २७ वटा घर आंशिक रूपमा क्षति पुर्याएको छ। यस्तै, ३४ वटा गोठमा पनि क्षति पुगेको छ। बाढीको कारण पत्ता लगाउन ड्रोन र भूगर्भविद्सहितको तीन सदस्यीय टोली परिचालन गरिएको राष्ट्रिय विपद्…
सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरे
आर्थिक परिवेश१५ असाेज,काठमाडौँ । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एसियाबाट मात्र सेप्टेम्बरमा ३० हजार ८५ पर्यटक नेपाल आएका हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । यसबाहेक श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट आठ पर्यटक नेपाल भित्रिएका छन् । अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन् । चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण…
फ्लाई दुबईकाे बुधवारदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान शुरू
आर्थिक परिवेश०७ असाेज,पोखरा । फ्लाई दुबईले बुधवारदेखि सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबईबाट आएको फ्लाई दुबईको जहाज बुधवार साँझ ६ बजेर १९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ बजेर १५ मिनेटमा एक सय ५३ यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ । महाप्रबन्धक निरौलाले यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट…
जोखिमपूर्ण हिमतालकाे जलस्तर घटाउन सरकारले गृहकार्य गरिरहेको छ : उर्जामन्त्री
आर्थिक परिवेश२८ भदाै, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आइतबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो । ‘विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरूको नाम विज्ञहरुबाट आएको छ । अध्ययन गरिरहेका छौँ । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौँ,’ उहाँले भन्नुभयो । मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम…