
प्राधिकरणले ३ हेलिकोप्टरको उडानमा रोक सेवा ग्राउण्डेड
आर्थिक परिवेश११, असोज , काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लङ्घन गरेको भन्दै प्राधिकरणले श्री एयरलाइन्स र फिष्टेल एयरको हेलिकोप्टरलाई ग्राउण्डेड गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मौसम सफा भएर उडान भर्नुपर्ने मापदण्ड उल्लङ्घन गरेकाले दुई कम्पनीका तीन हेलिकोप्टरलाई अर्को निर्णय नभएसम्मका लागि ग्राउण्डेड गरिएको बताए। ‘दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो’, प्रवक्ता भुलले भने। हेलिकोप्टर उडानका लागि ‘कन्ट्रोल एयरस्पेस’मा कम्तीमा…

कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइनेछ : प्रम दाहाल
आर्थिक परिवेश११,असाेज, तिब्बत,चीन । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ । आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उहाँले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिनुभयो । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५०…

ड्रुक एयरकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यावसायिक उडान
आर्थिक परिवेश२३ भदाै, काठमाडाैं । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज त्यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन,…

वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुरयाउनु पर्ने
आर्थिक परिवेश१६ भदौ ,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु¥याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ…

बुटवलले खाली क्षेत्रमा वृक्षारोपण, हरियाली र विभिन्न स्थानमा पार्कहरू निर्माण गर्ने
आर्थिक परिवेश१४ भदाै,रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरूलाई निर्देशन दिनुभएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले वर्षायाम लागेपछि योजना सम्पन्न गर्नतर्फ लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्नका लागि बुटवलमा नियमित रुपमा सरसफाई अभियान सञ्चालन गरिरहेको, खाली क्षेत्रमा वृक्षारोपण गर्ने र हरियाली बनाउने, विभिन्न स्थानमा पार्कहरू निर्माण गर्ने काम अगाडि बढाएको बताउनुभयो । उहाँले सडक क्षेत्रका छाडा चौपाया व्यवस्थापनको व्यवस्थापनका लागि दुई…