श्री एयरलाइन्सले ल्यायाे ८० सिटे नयाँ जहाज
आर्थिक परिवेश०८ असार काठमाडाै । श्री एयरलाइन्सले डि हामिल्यान्ड अफ क्यानाडा (तत्कालीन बम्बार्डियर) द्वारा निर्मित ८० सिट क्षमताको विमान कल साइन ९एन-एओएम थपेको छ। यसअघि संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेको ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा कम ध्वनी आउने रहेको दाबी कम्पनीले गरेको छ । कम्पनीका अनुसार जहाजमा क्यानाडाको प्राट एन्ड ह्विएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यूआईएसआईए, इन्जिन जडान गरिएको छ। श्री एयसलाइन्सका पाइलटले अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसल्यान्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुँदै झन्डै ३३ घण्टा उडान गरी आज बिहान १…
गौतमबुद्ध विमानस्थलको ग्राउण्ड सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने
आर्थिक परिवेश२६ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई पनि दिन सकिने बताउनु भएको छ। आज पर्यटन बोर्डमा अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अन्तर्गत पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता २०२४ को उद्घाटन गर्नु हुँदै साे विचार व्यक्त गर्नु भएकाे हाे । मन्त्री तामाङले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको र यसलाई निरन्तरता दिँदै अन्य अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी एयरलाईन्सहरुले पनि यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा…
पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि
आर्थिक परिवेश२० जेठ, काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । विगतका महिनामा झँै यो…
सरकार बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील : प्रधानमन्त्री
आर्थिक परिवेश१० जेठ, लुम्बिनी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नुपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।” नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक…
क्यानडाको एडमन्टन सहरमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना
आर्थिक परिवेशकाठमाडौँ, ९ जेठ । आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली सङ्घका पदाधिकारीको उपस्थितिमा कार्यक्रम भएको थियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले कला, संस्कृति, परम्परा, रहनसहन, प्राकृतिक सौन्दर्य, जैविक विविधता, विशाल हिमशृङ्खला र अतिथिको सधैँ सत्कारमा रमाउने नेपालीको देश हरेक उमेर समूहका लागि आकर्षकको केन्द्र भएको बताउँदै एकपटक नेपालको भ्रमण गर्न आह्वान…