लुम्बिनी लायन्स बन्याे एनपिएल च्याम्पियन
आर्थिक परिवेश

२७ मंसिर,काठमाण्डाै ।    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। बलर चम्किँदा लुम्बिनीले सहजै जित हासिल गरेको छ। सुदूरपश्चिम दोस्रो पटक फाइनलमा पराजित भएको छ। गत सिजनमा पनि फाइनलमा जनकपुर बोल्टससँग पराजित हुँदै सुदूरपश्चिम उपाधिबाट चुकेको थियो।

बुढानीलकण्ठ मन्दिर क्षेत्रलाई  विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
आर्थिक परिवेश

१८ मंसिर,  बुढानिलकण्ठ, काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिर क्षेत्रलाइ  विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको जनाएकाे छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) सँग बुढानीलकण्ठ विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिएको सो नगरका प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । नगरको १२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अधिकारीले नेपाल सरकारको सम्बन्धित निकाय र पक्षसँग सो विषयमा विभिन्न चरणमा कुरा भएको जनाउनुभयो । उहाँले अधिग्रहण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन पालिका सक्रिय भएको बताउनुभयो । प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुदलाई प्राथमिकता दिइएको र शिक्षा क्षेत्रको बजेट…

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम बीच पर्यटन प्रवद्र्धनका लागि समझदारी
आर्थिक परिवेश

१६ मंसिर, काठमाण्डौ ।   नेपालका पर्यटन उत्पादनहरुको अन्तरराष्ट्रिय बजारमा संयुक्त प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति गरेका छन् । समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलनलगायत सबै प्रमुख प्रवद्र्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोग्रामसम्मका प्रवद्र्र्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको…

मुस्ताङमा कायम रहेको ‘निषेधित क्षेत्र’को व्यवस्था पूर्णरूपमा हटाउन माग
आर्थिक परिवेश

0४ मंसिर ,काठमाडौँ  । मुस्ताङका स्थानीय जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङमा कायम रहेको ‘निषेधित क्षेत्र’को व्यवस्था पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग गरेका छन्। जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको नेतृत्वमा काठमाडौँ आएका जनप्रतिनिधिहरूको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै उक्त माग राखेको हो। टोलीले विदेशी पर्यटकसँग लिइँदै आएको प्रवेश शुल्कसमेत हटाउनुपर्नेमा जोड दिएको छ। हालसम्म विदेशी पर्यटकले उपल्लो मुस्ताङ प्रवेश गर्न ५०० अमेरिकी डलरमा न्यूनतम १० दिनको प्याकेज लिनुपर्ने व्यवस्था थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार अब दैनिक ५० डलर तिर्ने व्यवस्था गरिएको छ। तर जनप्रतिनिधिहरुले यो संशोधन “अपुग” रहेको भन्दै शुल्क व्यवस्था नै हटाउनुपर्नेमा जोड दिएका छन्। ज्ञापनपत्रमा भनिएको…

नेपालगञ्ज विमानस्थलमा बन्याे सुविधा सम्पन्न नयाँ टर्मिनल
आर्थिक परिवेश

२३ कार्तिक नेपालगञ्ज । बाँकेको राँझास्थित नेपालगञ्ज विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन निर्माण भएको छ । भ्याट बाहेक कुल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँको लागतमा टर्मिनल भवन निर्माण गरिएको हो । २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले तीन वर्ष अर्थात् २०८२ पुसमा काम सक्ने गरी काम सकारेको थियो । तर, यो कम्पनीले दुई महिना अगाडि नै निर्माण कार्य पूरा गरेको हो । नवनिर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५…