जनवरी एक २०२३ देखि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ, महानिर्देशक अधिकारी
आर्थिक परिवेशकाठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमवारदेखि क्यालिब्रेसन उडान सुरु भएको छ । आज दिउसो १ वजेदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावरसगँ समन्वय गरी उडान गरिएको विमानस्थल आयोजना निमार्ण प्रमुख विनेश मुनकर्मीले बताउनु भयो । एरो थाईको प्राविधिक टोलीले ५ मंसिरदेखि १२ गतेसम्म विमानस्थलमा जडित कम्युनिकेसन, नेभिगेसन र सर्बिलेन्स उपकरणको परीक्षण गर्नेछ । विमानस्थलमा बिहान १० देखि १ बजेसम्म र दिउँसो साढे २ देखि ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनु भयो । यान्त्रिक परीक्षणका लागि क्याप्टेनसहित आठजनाको एरो थाईको विज्ञ टोली पोखरामा रहेको छ । विमानस्थल सञ्चालनका लागि अवरोध ठानिएको…
प्राविधिक परिक्षणका लागि क्यालिब्रेसन उडान सोमबारदेखि हुने
आर्थिक परिवेशकाठमाण्डौ । पोखरामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परिक्षणका लागि क्यालिब्रेसन उडान सोमबारदेखि हुने भएको छ । विमानस्थल संचालनको लागि अवरोधको रुपमा रहेको रिठेपानी डाँडा १४ मिटर कटान भएसँगै क्यालिब्रेसन उडानको योजना अघि बढेको नेपाल नागकि उड्डयन भएको हो । सन क्यालिब्रेसन उडानका लागि एरो थाई कम्पनीको जहाज शनिबार बिहान पोखरामा पुगिसकेको छ । मङ्सिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रे उडानको तयारी पूरा भइसकेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मनुकर्मीले जानकारी दिनुभयो । हरेक दिन बिहान १० बजेदेखि १ बजेसम्म र साँढे दुई बजेदेखि साढे पाँच बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यदलका सदस्य सचिव अनुप जोशीले जानकारी…
नेपालकै नमुना केवलकार कास्कीको सिक्लेसमा निमार्ण हुने
आर्थिक परिवेशकास्की । पर्यटकीय स्थल सिक्लेसमा केवलकार निमार्ण हुने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने प्रक्रिया अडाडी वढाएको हो । कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा केवलकार रहने छ । केवलकारको प्रथान विन्दु कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं २ मा रहने कम्पनीले जनाएको छ । निमार्ण हुने केवलकार ६।४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । परियोजनाको कुल लागत ६ अर्ब ९० करोड…
पर्यटकको आगमनमा उत्साहजनक वृद्धि, १० महिनामा झण्डै ५ लाखले नेपाल भ्रमण गरे
आर्थिक परिवेशकाठमाण्डौ । पछिल्लो १० महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको छ । सन् २०२२ को पछिल्लो १० महिना अक्टोबर सम्ममा झण्डै ५ लाख विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ । अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल…
विश्व जलवायु परिवर्तनलाई ध्यानमा राखेर मुक्तिनाथको विकास गर्नुपर्छ , राष्ट्रपति भण्डारी
आर्थिक परिवेशमुस्ताड.। राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मुर्तिको शुक्रबार शिलान्यास गर्नुभएको छ । उहाँले भगवान विष्णुको मुर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपर्छ”। उहाँले यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ…