भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा
आर्थिक परिवेश

 १४ असार, भैरहवा ।  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ । साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा विभिन्न सेवाहरू सहित ८५ कोठा सहितको लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो । विगत लामो समयदेखि कटेज रेस्टुराँ, तीनतारे र चार तारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको ४ बिघा क्षेत्रफलमा फैलिएको यो पहिलो पाँचतारे होटल हो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताउनुभयो । सो होटलमा…

हिमालय एअरलाइन्सकाे काठमाडौं–बेइजिङ नियमित उडान सुरु
आर्थिक परिवेश

०९असार,काठमाडौ ।   नेपालको निजी क्षेत्रको विमान कम्पनी हिमालय एअरलाइन्सले शनिवारदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ । शनिवारको प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहितका यात्रुहरुले यात्रा गरेका छन् । हिमालयको एच नाइन ६६५ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा उडान गरेको हो । उक्त विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने कम्पनीले जनाएको छ । काठमाडौं–बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो । बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ । उक्त विमान काठमाडौंममा साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ । बेइजिङ र…

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान
आर्थिक परिवेश

०६,असार काठमाडौं ।   आन्तरिक उडान मात्रै भइरहेको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स बुधवार विहान ९ बजे पहिलो अन्तर्राष्ट्रिय विमानको रुपमा अवतरण भएको हो । पहिलो अन्तर्राष्ट्रिय उडानका रूपमा ८४ जना यात्रु बोकेर आएकोे चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरू बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरूलाई पर्यटन व्यवसायीले नेपाली ढाका टोपी, माला र खादाले स्वागत गरेका छन् । पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै विमानस्थल अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन…

विलासि पर्यटकहरुको लागि पाेखरामा दोर्जेस रिसोर्ट संचालनमा
आर्थिक परिवेश

०३ असार,पोखरा ।  पोखराको लेकसाइडको मुख्य बजार क्षेत्रबाट करिब २ किलोमिटर पश्चिम उत्तरको दुरी सेदीबगरमा रहेको दोर्जेस रिसोर्ट एण्ड संचालनमा अाएकाे छ  । स्पाः जहाँ विलासि (लक्जरियस) पर्यटकहरुको रोजाईमा रहेको स्थानमा पुग्न सकिन्छ । पोखराको नयाँ मानव निर्मित पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण केवलकारको तल्लो स्टेसन भन्दा केही माथि पर्ने उक्त रिसोर्ट यही असार ६ गते देखि अनौपचारिक रुपमा सेवा शुभारम्भ गर्ने भएको छ । १३ वटा भिल्ला भएको यो रिसोर्टमा रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ भने अधिकांश रुमबाट पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल र पोखराको लेकसाइडलाई निहाल्न सकिन्छ । पछिल्लो केही बर्ष…

मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा
आर्थिक परिवेश

३२जेठ, काठमाण्डौ ।  सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्टआमअतिथीहरुकालागि सञ्चालनमाल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूकालागिझनै आकर्षक गन्तब्यबन्ने विश्वास गरिएको छ । अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावितहुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमाआएको यसमिरायाकाअतिथीहरूले गल्फकोविशेषमज्जालिनपाउनेछन् । साथै, शाश्वतधामकादर्शनार्थीहरूकालागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावितहुनेछ । ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु । चौधरी ग्रुपकाप्रवन्धनिर्देशकएवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुखकार्यकारी अधिकृत (सिइओ) राहुलचौधरीले भन्नुभयो, ‘मिराया रिसोर्ट…