लुक्लामा पर्यटककाे चापसंगै दैनिक १६० उडान
आर्थिक परिवेश

१९ कार्तिक, लुक्ला, सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आजभोलि सगरमाथा तथा अन्य हिमशृङ्खलाहरू अवलोकन गर्न आउने पर्यटकहरूको आगमनको चाप बढेकाे छ  । हाल लुक्लामा दैनिक रुपमा हवाईजहाजले मात्र ६० भन्दा बढी उडान भर्दै आएको छन् भने हेलिकप्टर सहित करिब १६० भन्दा बढी उडान हुन भइरहेको छ । मध्य सिजनमा मौसम प्रतिकूलताका कारण प्रभावित बनेको सोलुखुम्बुको माथिल्लो क्षेत्रको पर्यटन मौसममा सुधार आएसँगै चलायमान भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकहरूको चाप बढेको छ । अहिले मौसम सफा भएपछि केही दिनदेखि रोकिएर रहेका हजारौँ पर्यटकको चाप एकै…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कार्गाे हबकाे रूपमा विकास गर्न सुझाव
आर्थिक परिवेश

१९ कात्तिक, काठमाडौं ।   भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको सरकारी आयोगले निष्कर्ष निकालेको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव दिएको छ । यो विमानस्थलको भौगोलिक अवस्थितिका कारण नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको आयोगले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको अवस्थामा नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीलाई कार्गो उडानमा आकर्षित गर्न सकिने सिफारिस आयोगले गरेको छ । गौतमबुद्ध विमानस्थलले कार्गोका…

१० किलोमिटर लामो  ‘सोलुखुम्बु ट्रेल’ सुरु
आर्थिक परिवेश

१८ कार्तिक सोलुखुम्बु ।   नेपालकै सबै भन्दा लामो अर्थात १० किलोमिटर लामो  ‘सोलुखुम्बु ट्रेल’ सुरु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्ततालेको धापबाट सुरु भएको तीन सय १५ दिने ट्रेलमा २९ जना विदेशी तथा नेपाली धावक सहभागी भएका छन् । ओलम्पिक विजेता अन्तर्राष्ट्रिय धावक दाछिरि दावा शेर्पाको नेतृत्वमा सुरु भएको ट्रेल ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा, दूधकुण्ड पोखरी, फाक्दिङ, नाम्चे, सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली हुदै अघि बढछ । त्यस पछि  ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर हुँदै फर्केर धावकहरूले गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला,…

निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन निर्देशन
आर्थिक परिवेश

  १६ कार्तिक,काठमाडौँ ।     प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। पर्यटन मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’ कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख…

हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिए
आर्थिक परिवेश

   ११ कार्तिक   गोरखा । गएराति देखि परेको हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिएका छन् । मनास्लु क्षेत्र भ्रमण गर्ने कोही पनि पर्यटकहरू वीच बाटोमा नफसेका र सबै सुरक्षित रहेका छन् । आज बिहानै एक समूहले लार्केपास गरेर फेदी पुगेका छन् । विच बाटोमा मानिसहरू कोही पनि नभएको सूचना आएको साम्दोबाट पर्यटन व्यवसायी निमा लामाले जानकारी दिनुभयो । लार्केपासका लागि अन्तिम गाउँ साम्दो हो । आज लार्के पासका लागि हिँड्न लागेका सय भन्दा धेरै विदेशी पर्यटकहरू साम्दोमा रहेका लामाको भनाई छ । हिमपात अहिले सम्म एक मिटर भन्दा धेरै भएको छ । पर्ने क्रममै रहेकाले मौसम सफा…