वसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे
आर्थिक परिवेश

०८ जेठ, काठमाडौं । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सय जनाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । ‘वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्’, महानिर्देशक लुइँटेलले भन्नुभयो । मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ ।…

यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण शनिवारदेखि शुरू
आर्थिक परिवेश

३० वैशाख, काठमाडौं।   यस वर्षको वसन्त ऋतुका लागि शनिवारदेखि सगरमाथा आरोहणकाे क्रम शुरू भएकाे छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । “सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे”, कम्पनीका…

प्रधानमन्त्रीबाट मौलाकाली केबलकारको उद्घाटन पाँच मिनेटमा मन्दिर पुगिने
आर्थिक परिवेश

१८ बैशाख, काठमाडौं।  गैंडाकोटमा निर्माण सम्पन्न  मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ स्थित मौलाकाली केबलकारकाे बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक     उद्‍घाटन गर्नु भएकाे छ । उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनु भयाे । उहाँले तनहुँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै त्यस क्षेत्रलाई आर्थिक समृद्धि क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयाे । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मौलाकाली केवलकारको निर्माणसँगै त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग…