नेपालले कम्बोडिया भैरहवा कम्बोडिया सिधा उडान गर्न  कम्बाेडियासँग  प्रस्ताव गरयाे
आर्थिक परिवेश

  ३० मंसिर,  काठमाडौँ ।    नेपालले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडान संचालन गर्न  कम्बाेडियासँग  प्रस्ताव गरेकाे छ । नेपाल  भ्रमणामा रहनु भएका  कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवं बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराउनु भएको थियो । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत, र साहित्यमा सहकार्य तथा…

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना प्रधानमन्त्री
आर्थिक परिवेश

 २३ मंसिर    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरूलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख…

धेरै भन्दा धेरै पर्यटक भित्र्याउन नेपाल भारत चीन एक्सपो आयाेजना गरिने
आर्थिक परिवेश

१६ मंसिर काठमाडौँ ।  नेपालमा  पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ आयाेजना गरिने भएकाे छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो मेला  आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य हुने छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एकसय भन्दा बढी क्रेता, ८० भन्दा बढी बिक्रेता, भारत…

२०२४ काे ११ महिनामा १० लाख ५५ हजार पर्यटकले नेपालकाे भ्रमण गरे
आर्थिक परिवेश

१६ मंसिर, काठमाडौं ।   सन् २०२४ को ११ महिनामा दश लाख ५० हजार बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । सन् २०२४ नोभेम्बरमा मात्र १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । ‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताउनु भयो । नोभेम्बरमा भारतबाट १९…

होटललाई उद्याेग सरह विद्युत उलब्ध गराउन माग
आर्थिक परिवेश

१३ मंसिर,  काठमाडौँ । देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेकाे छ। सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहिवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मूलक उद्योगले पाएको विद्युत् छुट सरहको सुविधा दिन माग गरेको हो । हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउनुपर्ने, होटललाई समेत टाइम अफ डे (टिओडी) मिटर प्रदान गर्ने व्यवस्था लागू गरी प्रोत्साहित नीति लिन मन्त्रीसमक्ष आग्रह गरेको छ । होटल व्यवसायीहरूले औद्योगिक व्यवसाय ऐन, २०५६ को दफा ३ बमोजिम होटल उद्योगमा दर्ता हुनुपर्ने र पर्यटन ऐन २०३५ को…