भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने
आर्थिक परिवेश

२२ जेठ, काठमाडौ ।   नेपालको चर्चित व्यापारिक समूह भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको समूहले जगपूजासहित बुधबार उद्योगको शिलान्यास गर्नु भएको छ । त्यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै निर्यात वृद्धि मार्फत मुलुकको आर्थिक विकासमा योगदान र्पुयाउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने त्यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको…

नबिल बैंक एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ बाट सम्मानीत
आर्थिक परिवेश

 २१ जेठ, काठमाडौँ ।  नेपालको नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ । बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ । विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताउनु भयाे  । ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ ज्ञवालीले  भन्नु भयाे  । नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा…

पाँचखाल विशेष आर्थिक क्षेत्र स्वीस च्यालेन्ज अवधारणामा अघि बढाइने
आर्थिक परिवेश

१३ जेठ काठमाडौँ ।   लगानी बोर्डको ६३ औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ”, जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यस्तै, बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनाको विस्तृत अध्ययन, विकास तथा सञ्चालन–व्यवस्थापन सम्बन्धमा प्राप्त प्रस्तावलाई ‘स्वीस…

ओभरपास सडक यथाशीघ्र सम्पन्न गर्न निर्देशन
आर्थिक परिवेश

११ जेठ,काठमाण्डौ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकाे पहिलाे निर्माणाधीन ओभरपास सडक यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । आइतवार बिहान ललितपुरको ग्र्वाकोमा ओभरपास सडक निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै ओभरपास सडकबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उहाँले बताउनुभयो । ओभरपास सडक अन्तर्गत हाल ३५ मिटर स्पानको चारलेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ । ओभरपासमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ । अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती…

नागढुङ्गा­–नौबिसे सडक शनिवारदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने
आर्थिक परिवेश

१० जेठ काठमाडौँ ।   सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक शनिवारदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले शनिवारदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा…