काठमाडौँ टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा
आर्थिक परिवेश१२ चैत्र काठमाडौँ । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो ।…
लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत
आर्थिक परिवेश०९ चैत्र, काठमाडौँ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ मा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले यो अवार्ड जितेको हो । कुल ४० विधामा उत्कृष्टता हासिल गर्ने शिक्षण संस्थाहरू र शिक्षा क्षेत्रका योगदानदाताहरूमध्ये लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा उत्कृष्ट घोषित भएको हो। कार्यक्रममा लर्ड बुद्धसँगै शिक्षा क्षेत्रका अन्य विभिन्न व्यक्तित्व र संस्थाहरू पनि पुरस्कृत भएका थिए । कार्यक्रममा शिक्षा क्षेत्रका ६ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका…
मध्यभोटेकोशी जलविद्युत् आयोजना एक महिनाभित्र सक्न ताकेता
आर्थिक परिवेश३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरण परीक्षण क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङ मर्मत र सुधारको काम धमाधम भइरहेको छ । १ सय २ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो…
पेट्रोलियम पदार्थको मूल्य शनिवार रातीदेखि घट्याे
आर्थिक परिवेश०२ चैत्र, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शनिवार राती १२ बजेदेखि लागु हुने गरी समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल…
सरकारको आम्दानी भन्दा खर्च बढी पुँजीगत खर्च २३ प्रतिशत
आर्थिक परिवेश०१ चैत्र,काठमाडौ । चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा खर्च एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च २३ दशमलव ३७ प्रतिशत अर्थात ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख…