
सुनकाे मुल्य ताेलामा चार हजारले घट्याे
आर्थिक परिवेश२७ जेठ, काठमाडौँ । नेपाली बजारमा गत साता बढेकाे सुनकाे मूल्य आइतवार भने तोलामा चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छाप भएकाे सुन आइतवार लागि प्रतितोला एक लाख ४१ हजार रूपैयामा काराेवार भएको छ । शुक्रबार छाप भएकाे सुन तोलामा एक लाख ४५ हजार रूपैयामा कारोबार भएको थियो । यस्तै यस दिन छाप नभएकाे सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण भइ काराेवार भएकाे छ । शुक्रबार छाप नभएकाे सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रूपैयाले घटेको छ । शुक्रबार तोलामा एक…

डुम्रेबजारमा ८ जनाले घरटहरा नभत्काउँदा सडक विस्तारमा समस्या
आर्थिक परिवेश२६ जेठ, तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । डाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गर्नु भएकाे छ । गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा…

बजेट सकारात्मक नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास : महासंघ
आर्थिक परिवेश१८ जेठ, काठमाडौ । नेपाल उदयाेग बाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई अाउनु सकारात्मक भएको बताएकाे छ । महासंघले २०८० असोज २५ गते वृहद आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवद्र्धनमा साना व्यवसायी समेतको…

स्वदेशी उद्योगलाई मारेर ‘खुद निर्यातकर्ता’ बन्ने धुनमा विद्युत प्राधिकरण : परिसंघ
आर्थिक परिवेश१८ जेठ, काठमान्डौं । नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर चासाे व्यक्त गरेकाे छ । विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं । हामीले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका थियौं । तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै…

आगामी बजेट : ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने
आर्थिक परिवेश१५ जेठ,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट विद्युत थप हुने बताएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष नौ सय मेगावाट बिजुली थप हुने बताउनु भयाे । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ । हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाट रहेमामा आगमी वर्ष त्यसलाई बढाएर चार सय ५० किलोवाट पुरयाउने लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उहाँले गर्नु भयाे । ।…