बीमा भुक्तानी व्यवस्था सरल सहज हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२५ चैत,काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ,प्रधानमन्त्री…

८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति   १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ  । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर  कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा  ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई  १४ अर्ब १४ करोड डलर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा …

लगानी बोर्डले चार ऊर्जा परियोजनाहरुमा ९९ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत
आर्थिक परिवेश

२२ चैत्र, काठमाडौँ ।   लगानी बोर्डको बैठकले चार ऊर्जा परियोजनाहरुमा ९९ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी स्वीकृत भएका ऊर्जा परियोजनाहरूमा १६६ मेगावाटको सुपर तमोर जलविद्युत परियोजना (अनुमानित लागत ३४ अर्ब ५९ करोड रुपैयाँ), ४२ मेगावाटको अपर मोदी–ए जलविद्युत परियोजना (१० अर्ब आठ करोड रुपैयाँ), २५० मेगावाटको सौर्य ऊर्जा परियोजना (कोहलपुर तथा बाणगङ्गा) (२१ अर्ब १० करोड रुपैयाँ) र १ सय ३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङदी जलविद्युत परियोजना (३३ अर्ब ४१ करोड रुपैयाँ) रहेका छन् । ती परियोजनाहरुमध्ये २५० मेगावाटको सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मर्स्याङदी जलविद्युत परियोजना विदेशी लगानीका परियोजना हुन् । प्रधानमन्त्री…

लगानीका लागि बाधक ठानिएका एकदर्जन कानुन लगानी सम्मेलन अघि नै संशोधन गरिन्छ : अर्थ मन्त्री पुन
आर्थिक परिवेश

२० चैत्र, काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन लगानी सम्मेलन अघि नै संशोधन गरिने बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका कानुनी प्रावधान संशोधन गरी लगानीमैत्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हाे । लगानी वातावरण बनाउन सङ्घीय संसद्का दुवै सदनले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक पारित गरेको र बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक सरकारले संसद्मा प्रस्तुत गरिसकेको जानकारी उहाँले दिनुभयो अर्थमन्त्रीको सचिवालयले जनाएको छ । विगतमा जस्तो ट्रेड…

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने
आर्थिक परिवेश

१९ चैत, काठमाडौं ।    अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनु भएकाे हाे  । लगानी सम्मेलन सफल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उहाँको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएकाे अर्थमन्त्रिकाे सचिवालयले जनाएकाे छ । भेटमा अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानूनी र प्रक्रियागत सुधारको तयारी भइरहेको…