नालकोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
आर्थिक परिवेश

०५ भदौ, काठमाडौं ।  नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । उदयपुरका स्थाई बासिन्दा कार्कीलाई २०८३।०५।०३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत हुनु भएको कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँ २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनु भएको थियो । राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उहाँसँग…

स्मार्ट मिटरिङ र सबस्टेसनलाई अटोमेसनमा परिणत गर्ने कार्य अघि बढाइएको छ : मन्त्री श्रेष्ठ
आर्थिक परिवेश

०२ भदौ, काठमाण्डौ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि निरन्तर गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको मंगदवारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसनलाई अटोमेसन प्रणालीमा विस्तार गर्ने कार्य अघि बढाइएको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा गरी २९ अर्ब३२करोड ४७ लाख रूपैयाँ बराबरको विद्युत् निर्यात गरे पनि विद्युत् निर्यातलाई मात्र नेपालको ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने स्पष्ट गर्नुभयो । आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब १० अर्ब ५५ करोड…

नेपालकाे पहिलाे उद्योग पुनः सञ्चालनकाे तयारी
आर्थिक परिवेश

२६ साउन ,काठमाण्डौ । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था,यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः…

विद्युत् नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेस
आर्थिक परिवेश

१८ साउन,काठमाण्डाै  ।    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत् नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेस गरेको छ। नवनियुक्त विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकाे छ । त्यस अवसरमा  अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा सोमबार आयोग पुगेको इप्पान प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा नियामकीय सुधारबारे आयोगको ध्यानाकर्षण गराएको हो। सो अवसरमा इप्पानका अध्यक्ष डाँगीले विद्युत् क्षेत्रको विकास…

प्राज्ञिक सुधार, शैक्षिक वातावरण र सुशासन स्थापनाका लागि केन्द्रित हुनुस : प्रधानमन्त्री
आर्थिक परिवेश

३० असार, काठमाण्डाै  ।  विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा उपकुलपतिहरूसँग विस्तृत छलफल तथा संवाद सम्पन्न भएको हो। सो अवसरमा उपकुलपतिहरूले विश्वविद्यालयहरूको प्राज्ञिक वातावरण बिग्रन नदिन विद्यार्थी युनियन लगायतका राजनीतिक गतिविधि गर्न नदिने संकल्प गर्नुभयो। प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरूलाई दलीय राजनीतिबाट अलग राखी विशुद्ध रचनात्मक, अनुशासनात्मक र प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने उहाँहरूको सामूहिक प्रतिबद्धता छ। यसका साथै प्रशासनिक, आर्थिक र प्राज्ञिक क्षेत्रमा व्यापक सुधार, सुशासन, वित्तीय…