
प्रतिव्यक्ति नागिरककाे टाउकाेमा ७४ हजार पाँच सय १६ बराबर ऋण
आर्थिक परिवेश०६,असार काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको उल्लेख गरेको छ । सरकारले आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड बाह्य उठाउने…

कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो
आर्थिक परिवेश५ असार, काठमाडौं । विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो । विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल बिगो कायम गरेको थियो । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो…

विलासि पर्यटकहरुको लागि पाेखरामा दोर्जेस रिसोर्ट संचालनमा
आर्थिक परिवेश०३ असार,पोखरा । पोखराको लेकसाइडको मुख्य बजार क्षेत्रबाट करिब २ किलोमिटर पश्चिम उत्तरको दुरी सेदीबगरमा रहेको दोर्जेस रिसोर्ट एण्ड संचालनमा अाएकाे छ । स्पाः जहाँ विलासि (लक्जरियस) पर्यटकहरुको रोजाईमा रहेको स्थानमा पुग्न सकिन्छ । पोखराको नयाँ मानव निर्मित पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण केवलकारको तल्लो स्टेसन भन्दा केही माथि पर्ने उक्त रिसोर्ट यही असार ६ गते देखि अनौपचारिक रुपमा सेवा शुभारम्भ गर्ने भएको छ । १३ वटा भिल्ला भएको यो रिसोर्टमा रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ भने अधिकांश रुमबाट पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल र पोखराको लेकसाइडलाई निहाल्न सकिन्छ । पछिल्लो केही बर्ष…

प्रधानमन्त्रीकाे उपस्थितिमा एनआरएनए संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच एकताका लागि सहमति
आर्थिक परिवेश०३ असार, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षबीच १८ जून २०२३ आइतबार एकताका लागि सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आर के शर्मा र संस्थापन पक्षसँग असन्तुष्ट भएको समूहतर्फका विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डीबी क्षेत्री र जानकी गुरुङबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सँगै आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने भएको हाे । यसको लागि दुवै पक्षका…

विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : महानगर प्रमुख बालेन साह
आर्थिक परिवेश०२असार,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख शाहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने बताउनुभयो । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा…