सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने गरी काम गर्छ : उद्योग मन्त्री
आर्थिक परिवेश

२३ चैत्र, काठमाडौं  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजीलाई पलायन हुन नदिने बताउनुभएको छ । दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पुँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौँ, बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छौँ, बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तीव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन…

सुनकाे मुल्य उकालाे चढ्दाे क्रममा, ताेलाकै १ लाख ३२ हजार नजिक
आर्थिक परिवेश

१९ चैत्र, काठमाडौं  ।  पछिल्लाे समय नेपाली बजारमा सुनकाे मुल्य  निरन्तर रूपमा बढदै गएकाे छ  । बढ्ने क्रममा साेमवार एकै दिन  नेपाली बजारमा  पहेँलो बहुमुल्य धातु सुनको मूल्य प्रतितोला  एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छाप भएकाे  सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकाेमा साेमवार भने प्रतितोला  एक लाख ३१ हजार छ सय रूपैयामा काराेवार भएकाे  छ । यस्तै, यस दिन तेजाबी सुन भने अाइतवार  एक लाख  २९ हजार चार सयमा कारोबार भएकाेमा साेमवार भने एक लाख ३० हजार नौ सय ५० रूपैया प्रतिताेलामा  कारोबार भएको छ । यस्तै, यस दिन चाँदीको…

सुनको मूल्यमा नयाँ रेकर्ड एक लाख ३० हजार पुग्याे
आर्थिक परिवेश

 १६ चैत्र,  काठमाडौँ ।  नेपाली बजारमा  सुनको मूल्य शुक्रवार  अहिले सम्म कै  उच्च  दर कायम भएकाे छ   ।  यस दिन सुन प्रतितोला  दुई हजार एक सयले वढेर काराेवार भएकाे  छ । केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार उच्च रकमले बढेकाे हाे  । बिहीबार प्रतितोला  एक लाख २७ हजार नौ सयमा कारोबार भएको छाप भएकाे  सुन शुक्रवार प्रतिताेला  एक लाख ३० हजार रूपैयामा काराेवार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला  एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रवार एक लाख २९ हजार चार सय निर्धारण गरि काराेवार भएकाे छ । यस दिन…

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने
आर्थिक परिवेश

१५ चैत्र, काठमाडौँ ।  अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२४ भोली चैत १६ गतेदेखि ललितपुरकाे सानेपामा सुरु हुने भएकाे छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन। उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्न आयोजना गर्दै आएको यो मेला सातौँ संस्करण हो। महासंघले उद्यमी महिलाको क्षेत्रमा एड्भोकेसि, विजनेश डेभलपमेन्ट, क्यापसिटि विल्डीङ र नेटवर्किङमा केन्द्रीत रहेर काम गर्दै आएको छ। यहि उद्देश्य अन्तर्गत हरेक वर्ष यसरी नै राष्ट्रिय स्तरको मेला आयोजना गर्दै आएको महासंघले जनाएको छ। मुख्यगरि मेलाबाट उद्यमी महिलाहरुलाई…

नेपाली बजारमा सुनकाे मुल्यले बनायाे रेकर्ड
आर्थिक परिवेश

१५ चैत्र,  काठमाडौं।   स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा  एक हजार एक सय रूपैयाले  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा  एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला  एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको  एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला  एक हजार चार सय ९० मा कारोबार भएको चाँदी…