
राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्छ : गर्भनर अधिकारी
आर्थिक परिवेश२९ फागुन, धुलिखेल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताउनु भएकाे छ । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगकाे सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भएकाले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझ्ने भाषामा प्रस्तुत गर्नु आवश्यक छ भन्नु भयो । गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गर्नु भयाे । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक…

मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा
आर्थिक परिवेश२७ फागन,काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनाको अवधीमा मुलुकको चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा पुगेकाे छ । नेपाल राष्ट्र बैकले आइतवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी समीक्षा प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले घटेर .३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही…

नियामकीय संरचना र वित्तीय आधार बलियो भएका कारण कुनै पनि संस्था डुब्दैन : गभर्नर अधिकारीले
आर्थिक परिवेश१४ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नियामकीय अधिकारभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले साेमवार काठमाडाैमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गर्नुभयो । “राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न नदिने तथा बैङ्क वित्तीय संस्था फेल हुने अवस्थामा नभएकाे बताउनु भयाे । साना संस्थामा केही समस्या आउन सक्छ । तर सर्वसाधारणको बचत रकम कुनै पनि हालतमा डुब्दैन”, गभर्नर अधिकारीले भन्नुभयो । “राष्ट्र बैंकले नियमन गरेका संस्थाहरू सजिलै डुब्दैनन् । हाम्रो प्रणाली धेरै हदसम्म…

बैंंकहरूसँग पर्याप्त तरलता रहेकाले बैंकिङ प्रणालीमा समस्या छैन : अध्यक्ष केसी
आर्थिक परिवेश१२ फागुन,बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताउनु भएकाे छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए…

३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध हुने
आर्थिक परिवेश११ फागुन,काठमाडाैं । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच शुक्रवार सहमति भएको हो । सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ । सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रिवाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्रिवाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थल भित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी…