बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुसंग अर्थमन्त्रीकाे छलफल
आर्थिक परिवेश१९ साउन, काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले बजेटको कार्यान्यन,बैकमा थुप्रिएको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र लगानीकर्ता र अर्थतन्त्रको मनोविज्ञान जस्ता विषयमा बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुसंग छलफल गर्नु भएको छ । मगलवार अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधानका लागि गर्नु पर्ने सुधार इतिहास मै न्युनदरमा झरेको बजारदरको उचित प्रयोग लगायतका विषयमा सुझाव दिन पनि बैकर्सहरुलाई आग्रह गर्नु भयो । अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नु भएकोले यस क्षेत्रका समस्या समाधानका लागि सिुझाव दिन आग्रह गर्नु भयो । बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि…
बिजुलीमा लगाएको भ्याट साउन १ गतेबाट मात्र कार्यान्वयन हुन्छ : आन्तरिक राजस्व विभाग
आर्थिक परिवेश११ साउन, काठमाण्डाै । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) साउन १ गतेबाट मात्र कार्यान्वयन हुने आन्तरिक राजस्व विभाग ले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याटसमेत जोडेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि आन्तरिक राजस्व विभागले सोमबार प्रस्टीकण दिएको हो। राजस्व विभागले जारी गरेको सूचनामा असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा आए पनि त्यसमा भ्याट नलाग्ने जनाएको छ। साउन महिनापछि खपत हुने बिजुलीमा मात्रै भ्याट लाग्ने विभागले जनाएको छ। विभागले भनेको छ, ‘कुनै उपभोक्ताको सम्वत् २०८३ असार ३२ गतेसम्मको विद्युत् उपभोग खपत वापतको बिलिङ २०८३ साउन वा सोभन्दा पछि भए पनि २०८३ साउन १…
विदेशी विनिमय : डलर घटयाे युराे र पाउण्ड बढयाे
आर्थिक परिवेश०४ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४४ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन…
जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ .२ प्रतिशतले वृद्धि
आर्थिक परिवेश३० असार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो । प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१…
पाउण्ड र युराेकाे मुल्य बढयाे डलर भने कमजाेर
आर्थिक परिवेश२६ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा कायम भएकाे छ । त्यसतै स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १०…