
८ महिनामा चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा
आर्थिक परिवेश२८ चैत्र, काठमाडौ । विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ । यही अवधिमा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशमलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ…

वाणिज्य, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले चैत्र १ देखि ब्याजदर घटाउने तयारी
आर्थिक परिवेश३० फागुन, काठमाडौं । नीजि क्षेत्रले बैक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउनु पर्ने भन्दै आन्दाेलन गरिरहेकाे बेला बैङ्क तथा वित्तीय संस्थाहरू बुधबारदेखि लागू हुने गरी बैक ब्याजदर घटाउन सहमत भएका छन् । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घकाे समन्वयमा भएकाे बैठकमा चैत्रमा कर्जा र निक्षेपको ब्याजदर घटाउने विषयमा बैर्कसहरू सहमत भएका हुन । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने लगायतका ३ महत्वपूर्ण विषयहरूमा बैर्कसहरू बीच सहमती भएको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक परिवेशलाई जानकारी दिनुभयो । उहाँले संघले ऋणको ब्याजदर सम्बन्धमा के कसरी अघि बढन सकिन्छ भनेर समन्वय …

हिमालयन र सिभिल बैंक एक भएर थाले एकीकृत कारोबार
आर्थिक परिवेश१२ फागुन,काठमाडौ । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताउनुभयो । छ करोडबाट सुरु भएको बैंक हाल १४ अर्ब…

युवालाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गरिने
आर्थिक परिवेश१९ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषद् नेपाल युवालाई उद्यमशील बनाउन वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्र्न सहमत भएका छन् । युवाहरुलाई उद्यमशिलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन…

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने
आर्थिक परिवेशमाघ १७, काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थमन्त्रालयमा आज बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा संघीय संसदमा पठाउने बताउनुभयो । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरुको प्रभावकारी रुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि बिग्रन नदिने बताउनुभयो । बैठकमा कानुन…