अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश२ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो । लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३ असोजमा नयाँ रेकर्ड बनाएको हो । लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको…
चालू पुँजी कर्जाका सम्बन्धमा आफुले उठाएका माग आंशिक सम्बोधन : महासंघ
आर्थिक परिवेश१२ भदाैं,काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चालू पुँजी कर्जाको मार्गदर्शनमा आफुले उठाएका माग आंशिक सम्बोधन भएको जनाएको छ। नेपाल राष्ट्र बैंकले सोमबार चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दा महासंघले आफूले उठाएका केही माग मात्र सम्बोधन भएको जनाएको हो। महासंघले अझै पनि निजी क्षेत्रलाई हतोत्साहित बनाउने प्रावधान रहेको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्ने जनाएको छ। राष्ट्र बैंकले सोमबार क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी कुनै समूहको एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भए उक्त ऋणीबाट प्रत्यक्ष प्रभावित हुने समूहका अन्य ऋणीलाई समेत निष्कृय वर्गमा वर्गीकरण गर्न निर्देशन दिएको थियो। कुनै व्यापारिक समूहमा…
१० अर्ब रूपैया बराबरको विकास ऋणपत्र बिक्री गरिदैं
आर्थिक परिवेश२६ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार आठ वर्ष अवधिको १० अर्ब रूपैया बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्ने भएको छ । सरकारको लागि नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो…
प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता
आर्थिक परिवेश२४ साउन, काठमाडौँ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नुभयो । फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापने विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाईफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै…
वाणिज्य बैंकहरुकाे खुद मुनाफा उल्लेख्यरूपमा बढे पनि वितरण योग्य मुनाफा घट्याे
आर्थिक परिवेश२२ साउन, काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढाएका छन् । उनीहरुको खुद मुनाफा उल्लेख्य रुपमा बढेको भए पनि वितरणयोग्य मुनाफा भने घटेको छ । ती बैकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैकहरको गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको पनि पर्याप्त सुधार भने भइसकेको छैन । गत आव २०७९÷८० मा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । गत आवमा नबिल बैंक लिमिटेडको नाफा सात अर्ब ५२ करोड…