राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान
आर्थिक परिवेश२५ बैशाख,काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफनो ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७÷०७८ र २०७८÷०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच पुरस्कार प्रदान गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गर्नुभयोे । कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८÷०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७÷०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद ५० हजार रूपैया सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८÷०७९…