नेप्से परिसूचक दोहोरो अङ्कले घटेर २०३१ दशमलव ५५ को बिन्दुमा
आर्थिक परिवेश

१२ चैत्र, काठमाडौं ।    नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)काे  परिसूचकमा आज दोहोरो अङ्कले घटेकाे छ । यस दिन नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यस दिन  तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयरहरू दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक…

शेयर बजारमा उच्च वृद्धि परिसूचक २ हजार १ सय माथि
आर्थिक परिवेश

२९ फागुन, काठमाडौं ।   मंगलवार नेपाली शेयर बजारको नेप्सेमा परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । यस दिन परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । यस दिन विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार कित्ता शेयरहरु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयामा किनबेच भएका छन् । मंगलवार कारोबारमा आएका सबै समूहको उपसूचक बढेको छ । यस दिन  पाँचवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार…

याे साता शेयर बजार उच्च अंकले वढ्याे नेेप्से २०३० मा
आर्थिक परिवेश

२५ फागुन,काठमाडौं। सत्ता गठबन्धन परिवर्तनको प्रभाव यो साताको नेपाली शेयर बजारमा  देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले…

शेयर बजारकाे  कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढयाे
आर्थिक परिवेश

२४ फागुन, काठमाडौं ।  बिहिवार नेपाली शेयर बजारकाे   कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख…

शेयर बजारमा तिब्र वृद्धि ३ पटककाे सकारात्मक सर्किट पछि काराेवार स्थगित
आर्थिक परिवेश

२१ फागुन, काठमाडौं ।  सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेको छ । बजारमा ३ पटक सर्किट ब्रेक लागेपछि यस दिनका लागि कारोबार नै स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलाे पटक  स्थगित भएकाे २० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु) अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ : ०४ बजे खुलेको बजारमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका…