नयाँ सत्ता गठबन्धनकाे प्रभाव बजार खुल्ना साथ नेप्से परिसूचक ७९ दशमलव २९ अङ्कले बढयाे
आर्थिक परिवेश२१ फागुन, काठमाडौं । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारकाे शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च् अंककाे वृद्धिपछि कारोबार नै रोकिएको छ । आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर काराेवार
आर्थिक परिवेश२० फागुन, काठमाडौ । साता पहिलो कारोबारदिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतवार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय नौ कम्पनीहरूका ५५ लाख ७४ हजार दुई सय सात कित्ता शेयरहरू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रूपैयामा किनबेच भएका छन् । होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । यस दिन सबैभन्दा धेरै व्यापार…
शेयर बजारमा उच्च अंककाे गिरावट
आर्थिक परिवेशफागुन १३ , काठमाडाैं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अङ्कले ओरालो लागेको छ । परिसूचक एक दशमलव ३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९ दशमलव ०२ बिन्दुमा कायम भएको छ । गत मङ्सिर अन्तिम साताको कारोबारयता आइतवार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो । यस दिन विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार कित्ता शेयरहरु तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयामा किनबेच भएका छन् । आइतवार वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्…
बिहिवार शेयरबजारकाे परिसूचक उच्च अंकले घटयाे
आर्थिक परिवेश१० फागुन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अङ्कले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अङ्कले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख ६७…
नेप्से परिसूचक ३० दशमलव ५६ अङ्कले घट्याे
आर्थिक परिवेश०१ फागुन, काठमाडौ। मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । यस दिन तीन सय पाँच कम्पनीहरूका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् । त्यसबाट रु चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय चार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै अधिकांश व्यवस्थालाई यथावत् राखे पनि आजदेखि लागू हुने गरी स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने र…